२०८१ बैशाख २२

जनकपुरधाम उपमहानगरको कार्यपालिकामा कांग्रेसको बहुमत

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत छ । जम्मा १३५ सदस्यमध्ये ७५ जना कांग्रेसबाट निर्वाचित सदस्य हुन् । 


Advertisement


शुक्रबार भएको आठजना सदस्यको निर्वाचनमा पनि ६ जना कांग्रेसबाट निर्वाचित भए । महिलातर्फ कांग्रेसको प्यानल नै विजयी भयो । पाँच सदस्य छनोटका कांग्रेस र एमालेबाट १० जनाको उमेदवारी परेको थियो । महिलातर्फ एमालेका सबै उमेदवार पराजित भए ।

कांग्रेसकी सारदा पन्त ६८,  मनिष कुमारी दुवे ६७, फुलकुमारी देवी ६२, शैल कुमारी चौधरी ६१ र सञ्जुदेवी ६० मत ल्याएर निर्वाचित भएकी हुन् । यस्तै तीन पदका लागि भएको निर्वाचनमा दलित अल्पसंख्यक सदस्यतर्फ एमालेका दुई र कांग्रेसका एक जना निर्वाचित भएका छन् । कांग्रेसका राकेश विक्रम साह सार्वधिक मत प्राप्त गरी विजयी भए ।

साहले ८६ मत ल्याउँदा कांग्रेसबाट उम्मेदवारी दिएका रामप्रवेश ठाकुर र पंकज महतो पराजित भएका छन् । दलित अल्पसंख्यक सदस्यतर्फ एमालेका दुई जना निर्वाचित भएका छन् । एमालेका संतोष कुमार महत र दिपेन्द्रकुमार साह निर्वाचित भएको छ । महतोले ७८ र साहले ६८ मत ल्याएका हुन् । निर्वाचित सबै सदस्यले वडाध्यक्ष सरहको सेवा सुविधा पाउने छन् । यद्यपि यी सदस्यहरूले वडाध्यक्ष जसरी बजेट बाँडफाट गरी पाउने छैनन् ।

निर्वाचित सदस्य आएसँगै कार्यपालिका १३५ सदस्यीय भएको छ । जसमा कांग्रेसका ७५, एमालेका ३८, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १०, जनता समाजवादी पार्टी (जसपा)का तीन, नेकपा माओवादी केन्द्रका एक र स्वतन्त्र सातजना सदस्य छन् । 

Copy link
Powered by Social Snap