


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्ष सांसदका बजेटमाथिका टिप्पणीलाई बाध्यतामा बोलिएका विषयका रूपमा व्याख्या गरेका छन् ।
Advertisement


बजेटमाथि उठाइएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले प्रतिपक्षले मनबाट भन्दा पनि बाध्यताले मात्र बोलिरहेको बताए ।

“यो बजेट कुनै चुनाव हेरेर बनाइएको होइन, यो देशको अर्थतन्त्रको अवस्था हेरेर त्यसलाई कसरी माथि उठाउन सकिन्छ भनेर निर्माण गरिएको हो,” अर्थमन्त्री शर्माले भने, “प्रतिपक्षकै साथिहरूलाई पनि यो चुनाव हेरेर ल्याएको भन्ने मनबात लागेको छैन । कतिपय बाध्यता हुन्छन्, उहाँहरू त्यही बाध्यतामा बोल्नुभएको मात्रै हो ।”






