२०८१ बैशाख २३

नेपालका हिमाल पग्लिए, विश्वकै ध्यानाकर्षण गराउनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विकासको काम अघि बढाउँदा वातावरणीय प्रश्नलाई केन्द्र भागमा राख्नुपर्ने बताएका छन् ।


Advertisement


विश्व वातावरण दिवसका अवसरमा अखिल नेपाल महिला संघले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले विकासले मात्रै दिगो विकास हुन नसक्ने भन्दै यसका लागि वातावरणीय प्रश्नलाई केन्द्रभागमा राख्नुपर्ने बताए । 

अहिले नेपालका हिमालहरू पग्लँदै जाने खतरा रहेको भन्दै उनले जलवायु परिवर्तनका विषयमा संसारको ध्यानाकर्षण गराउनुपर्ने बताए । उनले जलवायु परिवर्तनमा विश्वकै ध्यानाकर्षण गराउनका लागि यसअघि सगरमाथा संवाद कार्यक्रमको आयोजना गरिएको पनि बताए । 

कार्यक्रमपछि ओलीले एमाले मुख्यालय रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा वृक्षारोपण गरेका थिए ।

Copy link
Powered by Social Snap