२०८१ बैशाख ६

विदेशी शक्तिको आडमा हिन्दुराज्य गुम्दा धर्म परिवर्तनको डढेलो लाग्यो : कमल थापा




काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालले गुमाएको हिन्दुराष्ट्रको पहिचान पुनः स्थापना हुने बताएका छन् ।



Advertisement



आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विदेशी शक्तिहरूको बलमा जबर्जस्ती धर्मनिरपेक्षता लादिएको जिकिर गरे ।

उनले नेपाललाई हिन्दुराष्ट्रका रूपमा पुनःस्थापना गरेर हिन्दु, बौद्ध, किराँत, शिख, जैनलगायत सम्पूर्ण सम्प्रदायको अधिकार सुनिश्चित गरिने बताए ।

अध्यक्ष थापाले धर्म परिवर्तनको डढेलोलाई रोक्न सबै जागरुक हुन आवश्यक रहेकामा जोड दिए ।

Copy link
Powered by Social Snap