२०८१ बैशाख १४

केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गर्न शेखर समूहको बैठक बस्दै 




काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । पार्टीको सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा कस्ता एजेन्डा लिएर उपस्थित हुने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।



Advertisement



नेता कोइरालाको सचिवालय बालुवाटारमा केही बेरमा सुरु हुने बैठकमा समूहका निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा पार्टीको १४औँ महाधिवेशनमा पराजित नेताहरूको उपस्थिति रहने एक नेताले जानकारी दिए ।

गएको स्थानीय तह निर्वाचनको समीक्षा तथा पार्टी सञ्चालनका विविध विषयहरूमा छलफल गर्न यही असार २७ गतेका लागि कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएको छ ।

Copy link
Powered by Social Snap