


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध नगरेको बताएका छन् ।
Advertisement


अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को रोस्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरेको तर मल ल्याउने प्रबन्ध भने नगरेको बताएका हुन् ।
शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले किसानले कसरी मल पाउँछन् ? भनी सरकारलाई प्रश्न समेत गरे ।
सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै उनले यस सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने जिकिर गरे।
अध्यक्ष ओलीले मलको अभाव हुन नदिन सरकारले बेलैमा आवश्यक व्यवस्था गर्न नसकेको पनि पटक–पटक दोहोर्याए ।


