२०८० चैत्र १५

माधव नेपालको दाबी– गिरिजाप्रसाद कोइरालालाई मैले प्रधानमन्त्री बनाएको हुँ




काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बनाएको दाबी गरेका छन् । 



Advertisement



शनिबार बुटवलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले जनआन्दोलनपछि आफूले कोइरालालाई प्रधानमन्त्री बनाएको र पछि उनले आफूलाई प्रधानमन्त्री बनाएको उल्लेख गरे । 

“जनआन्दोलनपछि प्रधानमन्त्री हुने म सहमति थियो । तर, मैले उहाँ (गिरिजाप्रसाद कोइराला)लाई बनाएँ । त्यसको गुण उहाँले मलाई प्रधानमन्त्री बनाएर दिनुभएको थियो,” उनले भने ।

अर्को प्रसंगमा उनले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्मै निरन्तरता पाउने बताए ।

Copy link
Powered by Social Snap