२०८० चैत्र १६

प्रधानमन्त्री देउवासित लिउको भेट




काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासित चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले भेटवार्ता गरेका छन् । शिष्टाचार भेटका लागि आइतबार दिउँसो लिउ नेतृत्वको टोली बालुवाटार गएको हो ।



Advertisement



चारदिने नेपाल भ्रमणका लागि आजै बिहान काठमाडौं आएका लिउले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्ने कार्यक्रम छ ।

उनले सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्नेछन् । मंगलबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

Copy link
Powered by Social Snap