२०८१ बैशाख १५

मन्त्री प्रदीप यादवलाई पर्सामा ५१ किलोको मालाले स्वागत




वीरगञ्ज । पर्सामा नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई ५१ किलोको मालाले स्वागत गरिएको छ । मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला पर्साको वीरगञ्ज पुगेका यादवलाई ५१ किलोको मालाले स्वागत गरिएको हो ।

वीरगञ्जको नगर सभा गृहमा आयोजित सम्मान कार्यक्रमकाबीच मन्त्री यादवलाई ५१ किलोको मालाले स्वागत गरिएको जसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए ।



Advertisement



त्यसअघि बाराको सिमरा बिमानस्थलमै पुगेर वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवलगायत जसपाका नेता, कार्यकर्ताहरूले उनको स्वागत गरेका थिए ।

सम्मान सभालाई सम्बोधन गर्दै उनले संघ र प्रदेशको निर्वाचनमा पर्सा जिल्ला जसपाको कब्जामा हुने दाबी गरे ।

चुनावको मुखमा मन्त्री बनेको बताउँदै उनले प्रधानमन्त्री, भौतिक पूर्वाधार, अर्थ लगायतका अन्य विकासे मन्त्रालयसँग समन्वय गरेर भएपनि पर्सा जिल्लामा विकास गर्ने दाबी गरे ।

Copy link
Powered by Social Snap