२०८३ बैशाख २४

Author: Senior Editor Nima

हामी व्यवस्थाको विरोधी होइनौँ : रवि लामिछाने

हामी व्यवस्थाको विरोधी होइनौँ : रवि लामिछाने

राजनीति
काठमाडौं । नेपाल स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनामा समस्या रहेकाले आफूहरूले प्रदेशसभाका लागि उमेदवारी नदिने घोषणा गरेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर लामिछानेले आफूहरू व्यवस्थाको विरोधी नरहेको तर प्रदेशमा समस्या देखिएकाले उमेदवारी नदिने निर्णय गरेको बताए ।  "हामी अहिले प्रदेशसभाको निर्वाचनमा सहभागी हुँदैनौँ । यसमा समस्या छ भनेर बहस सुरु गरेका हौँ । हामी व्यवस्थाको विरोधी होइनौँ," सभापति लामिछानेले भने । ...
माओवादीको बैठक ‘६ बजे’ 

माओवादीको बैठक ‘६ बजे’ 

राजनीति
काठमडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठकको समय फेरि सारिएको छ । आज अपराह्न ४ बजेका लागि बोलाइएको बैठक साँझ ६ बजे बस्ने गरी सारिएको हो । यसअघि, आजै बिहान ९ बजे बस्ने भनिएको बैठक अपराह्न ४ बजेका लागि सारिएको थियो । शीर्ष नेताहरू व्यस्त रहेको भन्दै बैठक सारिएको थियो । अहिले प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल भइरहेको र आजै पारित गर्ने तयारी भएकाले पुनः पार्टी बैठकको समय सारिएको बताइएको छ । साँझ ६ बजेका लागि बोलाइएको बैठक पनि संसद् बैठकका कारण बस्ने सम्भावना कम रहेको एक नेताले बताए । यो बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी छ । ...
राष्ट्रघात हुँदै छ, इतिहासले सराप्छ : झपट रावल 

राष्ट्रघात हुँदै छ, इतिहासले सराप्छ : झपट रावल 

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद झपट रावलले नागरिकता विधयेक जस्ताको त्यस्तै पारित गरेर राष्ट्रघात गर्न लागिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलका क्रममा उनले तत्कालीन नेकपामा रहेका नेताहरूले सातवर्षे प्रावधान मानेको भन्दै अहिले ती नेता ‘कहाँ छन् ?’ भनी प्रश्न गरे । “आज मुलुकमाथि राष्ट्रघात हुँदै छ । इतिहासले तपाईंलाई सराप्नेछ । नेपाल आमाको आँसुले धिक्कार्नेछ,” उनले भने । उनले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोधेको प्रश्न मनन गर्न आग्रह गरे । ‘राष्ट्रपतिको पत्र निबन्ध’ भन्ने सांसदहरूलाई उनको सन्देश अक्षरशः पढ्न पनि आग्रह गरे । ...
अब म र बाबुराम सँगै उभियौँ, कसैले रोकेर रोकिँदैन : प्रचण्ड

अब म र बाबुराम सँगै उभियौँ, कसैले रोकेर रोकिँदैन : प्रचण्ड

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू र डा. बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् ।  मंगलबार पेरिसडाँडामा पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा उनले आफू र बाबुराम सँगै उभिने कुराको धेरै अर्थ रहेको पनि बताए ।  "बाबुराम र प्रचण्ड सँगै उभिनेको कुरा धेरै ठुलो अर्थ छ । अब हामी उभियौँ । कसैले रोकेर रोकिँदैन । यद्यपि अहिले नै पार्टी एकता भएको त छैन । तर चुनावपछि एउटै केन्द्र बनाउने सहमति भएको छ," उनले भने । ...
चुनावका लागिमात्र माओवादीसँग मिलेको हो : भट्टराई

चुनावका लागिमात्र माओवादीसँग मिलेको हो : भट्टराई

राजनीति
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी प्रयोजनका लागि मात्रै नेकपा (माओवादी केन्द्र)सँग एकल चुनाव चिह्नमा जाने सहमति भएको बताएका छन् । मंगलबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका अर्का अध्यक्ष महेन्द्र यादवसँगको छलफलपछि उनले चुनावी तालमेल मात्र भएको बताएका हुन् ।  “तत्काल चुनावी प्रयोजनका निम्ति मात्रै हो । हाम्रो लक्ष्य चाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेन्डा बाँकी छन्, त्यसलाई पूरा गर्नका निम्ति हामी एक्लाएक्लै भन्दा पनि मिलेर र नयाँ आधारमा एकताबद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएकाले त्यो दिशातिर पनि उन्मुख हुने हिसाबले लिएका छौँ,” उनले भने ।  त्यस्तै उनले आगामी दिनमा भने अग्रगामी शक्तिहरूबीच ध्रुवीकरण गरेर जाने पनि बताए ।  ...
लक्ष्मणलाल कर्णको आक्रोश– संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्न हुन्न

लक्ष्मणलाल कर्णको आक्रोश– संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्न हुन्न

राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा)का सांसद लक्ष्मणलाल कर्णले संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्न नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा देशमा सात लाख नागरिक नागरिकताविहीन रहेको बताए । उनले नागरिकता विधेयकलाई एकदिन पनि रोक्न नहुने बताए । नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले संवेदनहीन काम गरेको उनको आरोप छ ।  एमालेका सांसद खगराज अधिकारीले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले राजनीतिक दलहरू राष्ट्रपति संस्थाप्रति आक्रामक हुनु भनेको लोकतन्त्रमाथि प्रहार भएको बताए । ...
निर्वाचन प्रयोजनका लागि कांग्रेसले दियो दल दर्ताको निवेदन

निर्वाचन प्रयोजनका लागि कांग्रेसले दियो दल दर्ताको निवेदन

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएको छ । उपसभापति धनराज गुरुङसहितका नेताहरू दर्ताको निवेदन दिन निर्वाचन आयोग पुगेका थिए ।  दर्ताको निवेदन दिएपछि उपसभापति गुरुङ कसैलाई घेराबन्दी गर्न गठबन्धन नगरिएको बताए । गठबन्धनमा छलफल गरेर नै सिट बाँडफाँट गरिने उनको भनाइ छ । त्यसैगरी उनले सत्ता गठबन्धनका पाँच दलभित्रका दलको चुनाव चिह्न अरू कसैले लिएमा त्यसले भागबन्डामा असर नपर्ने पनि बताए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ । ...
राप्रपा नेपालले मेची–महाकाली स्वाभिमान यात्रा गर्ने, निर्वाचन परिचालन समिति गठन

राप्रपा नेपालले मेची–महाकाली स्वाभिमान यात्रा गर्ने, निर्वाचन परिचालन समिति गठन

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालले भदौ अन्तिम हप्तादेखि ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्ने भएको छ । पार्टीको सोमबार र मंगबार बसेको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष थापाकै संयोजकत्वमा निर्वाचन घोषणापत्र तयारी समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।  बैठकले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीलाई बलियो बनाउन भदौ मसान्तभित्र सबै पालिकाका वडाहरूमा पार्टी इकाई समितिहरू गठन गर्ने, कात्तिकको १५ भित्र सबै निर्वाचन बुथमा ‘बुथ कमिटी’ गठन गर्ने, भदौ मसान्तभित्र सम्बन्धित तहका अध्यक्षको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । ...
माओवादी र नेसपाले दिए एकल चुनाव चिह्नका लागि निवेदन

माओवादी र नेसपाले दिए एकल चुनाव चिह्नका लागि निवेदन

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) ले एकल चिह्नमा चुनाव लड्न निवेदन दिएका छन् । दुई पार्टीका नेताहरू निर्वाचन आयोग पुगेर एकल चिह्नमा चुनाव लड्न निवेदन दिएका हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्नका लागि निवेदन दिइएको हो । आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । ...
सत्ता गठबन्धनको कार्यदल बैठक जारी

सत्ता गठबन्धनको कार्यदल बैठक जारी

राजनीति
काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय टुंग्याउन कांग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ । कार्यदलमा गत शुक्रबार आआफ्ना पार्टीमा छलफल गरेर अडानसहित आजको उपस्थित हुने सहमति भएको थियो ।  यसबीचमा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेपनि कार्यदलको प्रस्ताव आएपछि मात्र छलफल गर्ने भन्दै आइतबार महँगी नियन्त्रण र काठमाडौंका फोहोर व्यवस्थापन गर्न आग्रह गर्ने मात्र निर्णय थियो । ...