२०८१ बैशाख १३

माओवादीको बैठक ‘६ बजे’ 




काठमडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठकको समय फेरि सारिएको छ । आज अपराह्न ४ बजेका लागि बोलाइएको बैठक साँझ ६ बजे बस्ने गरी सारिएको हो ।



Advertisement



यसअघि, आजै बिहान ९ बजे बस्ने भनिएको बैठक अपराह्न ४ बजेका लागि सारिएको थियो । शीर्ष नेताहरू व्यस्त रहेको भन्दै बैठक सारिएको थियो ।

अहिले प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल भइरहेको र आजै पारित गर्ने तयारी भएकाले पुनः पार्टी बैठकको समय सारिएको बताइएको छ ।

साँझ ६ बजेका लागि बोलाइएको बैठक पनि संसद् बैठकका कारण बस्ने सम्भावना कम रहेको एक नेताले बताए । यो बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी छ ।

Copy link
Powered by Social Snap