२०८३ बैशाख २४

Author: Senior Editor Nima

गठबन्धन गर्न चाहनेका लागि ढोका खुला : गुरुङ

गठबन्धन गर्न चाहनेका लागि ढोका खुला : गुरुङ

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आसन्न निर्वाचनमा गठबन्धन गर्न चाहनेहरूका लागि ‘ढोका खुला रहेको’ बताएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालमा बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसित उनले एजेन्डा मिल्नेसँग गठबन्धन गरिने बताए । “गठबन्धन गर्न चाहनेका लागि ढोका खुला छ,” उनले भने, “एजेन्डा मिल्नेसँग गठबन्धन हुन्छ ।” आजको बैठकबाट पोलिटब्युरोको बैठक यही भदौ ९ गते र केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने निर्णय गरिएको प्रचार विभागका प्रमुख समेत रहेका गुरुङले जानकारी दिए । उनका अनुसार भदौ १२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्ने उनले बताए । आजको बैठकमा ६ प्रदेशका इन्चार्जहरुले ‘रिपोर्टिङ’ गरेको उनले जानकारी दिए । ...
भदौ १०–११ गते केन्द्रीय कमिटीको बैठक : यी हुन् एमाले स्थायी कमिटीका निर्णय

भदौ १०–११ गते केन्द्रीय कमिटीको बैठक : यी हुन् एमाले स्थायी कमिटीका निर्णय

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको छ । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको स्थायी कमिटीको बैठकबाट ती बैठकका मिति तय गरिएको हो । पोलिटब्युरोको बैठक यही भदौ ९ गते र केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने निर्णय गरिएको उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार भदौ १२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्ने उनले बताए । आजको बैठकमा ६ प्रदेशका इन्चार्जहरुले ‘रिपोर्टिङ’ गरेको उनले जानकारी दिए । आसन्न निर्वाचनमा गठबन्धन गर्न चाहनेहरूका लागि ‘ढोका खुला रहेको’ पनि उनले बताए । ...
निगमका कार्यकारी अध्यक्षलाई चौथौ पटक स्पष्टीकरण सोधियो 

निगमका कार्यकारी अध्यक्षलाई चौथौ पटक स्पष्टीकरण सोधियो 

राजनीति
काठमाडौँ — नेपाल वायु सेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्‍बाट निर्णयबाट बर्खास्तीमा परे पनि सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि हाजिर हुँदै आइरहेका अधिकारीसँग चौथो पटक स्पष्टीकरण सोधिएको हो ।  सोमबार निगम मुख्यालयमा बसेको सञ्चालक समितिको बैठकले निलम्बित कार्यकारी अध्यक्ष अधिकारीसँग एक दर्जन बढी विषयमा एक साताभित्र स्पष्टीकरण बुझाउन माग भनेको एक जना बोर्ड सदस्यले बताए । स्पष्टीकरणमा कमिसनको प्रलोभनमा ८ महिनादेखि निगमको न्यारोबडीको इन्जिन मर्मत नगरी भाडामा ल्याइएको, उक्त इन्जिन ८ महिनादेखि स्थानीय एजेन्ट खडा गरेर दैनिक ३ लाख रुपैयाँ (२ हजार ३ सय डलर ) मा भाडामा चलाउनुको कारण, सर्वसाधरणलाई टिकट बिक्री गरेर जहाज चार्टर उडानमा लगाइएको, करार र ज्यालादारीमा प्रक्रिया उल्लंघन गरेर भर्ना गर...
अनागरिकको जीवन बिताइरहेकालाई नागरिकता दिन विधेयक ल्याउनुपर्‍यो : गृहमन्त्री खाँण

अनागरिकको जीवन बिताइरहेकालाई नागरिकता दिन विधेयक ल्याउनुपर्‍यो : गृहमन्त्री खाँण

राजनीति
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अनागरिकको जीवन बिताइरहेकाहरूलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धि विधेयक ल्याउनुपरेको बताएका छन् ।  सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसार नै नागरिकता विधेयक ल्याइएको दाबी गरे । गृहमन्त्री खाँणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले नागरिकता विधेयक ल्याएर उनीहरूलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको बताए । उनले संवैधानिक व्यवस्था अनुसार नै गैरआवासीय नेपाली नागरिकहरूलाई नागरिकता दिने व्यवस्था गर्नुपरेको बताए । उनले नागरिकता विधेयकमा महिलाहरूको स्वाभिमानमाथि चोट पुर्‍याउने खालको कुनै पनि प्रावधान नभएको बताए ।  ...
गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने

गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने

राजनीति
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटबारे छलफल गरेको तर कुनै निष्कर्षमा पुगिनसकेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । “मुख्य रूपमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा बारेमा छलफल भयो । अलिक दिन कुरेपछि सबै थाहा हुन्छ तपाईंहरू आउँदै गर्नुहोस्,” सञ्चारकर्मीमाझ उनले भने ।  कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि दिउँसो ३ बजे फेरि बस्नेछ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ । तर सिट बाडफाँटको बिषय भने अझै टुंगोमा पुग्न सकेको छैन । ...
ओलीको आरोप : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्न सत्तारुढ नेता डराए

ओलीको आरोप : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्न सत्तारुढ नेता डराए

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरू डराएको आरोप लगाए ।  अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको बताए । केन्द्रीय पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उक्त जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम एमालेले गरेको स्पष्ट पारे ।  नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको तर ६० वर्षअघि हाम्रो हातबाट खोसेर भारतले लगेको सो जमिन हामो हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको ओलीले स्मरण गराए । सत्तारुढ दलका नेताहरू भ...
सार्वजनिक बिदामा पनि निर्वाचन आयोग र मातहतका कार्यालय खुला रहने

सार्वजनिक बिदामा पनि निर्वाचन आयोग र मातहतका कार्यालय खुला रहने

राजनीति
काठमाडाैं । प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म आयोगको सचिवालय काठमाडौं, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालय सार्वजनिक बिदाका दिनमा समेत खुला रहने जानकारी गराएको हो । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सबै चरण र प्रक्रियाका कार्यहरू नियमित रूपमा सम्पादन गरी निर्धारित मितिमा नै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययी रूपमा सम...
माओवादी केन्द्रकाे स्थायी समिति बैठक भाेलि बिहान बस्ने

माओवादी केन्द्रकाे स्थायी समिति बैठक भाेलि बिहान बस्ने

राजनीति
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो ।  प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेको र मतदान सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि राखिएको बैठक भोलि बिहानका लागि सरेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठक भोलि बिहान साढे आठ बजे बस्नेछ । भोलिको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । ...
संसद्ले राष्ट्रपतिको निर्णयलाई गलत सावित गर्‍यो : उपेन्द्र यादव

संसद्ले राष्ट्रपतिको निर्णयलाई गलत सावित गर्‍यो : उपेन्द्र यादव

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएर गल्ती गरेको कुरा संसद्ले सावित गरेको टिप्पणी गरेका छन् । बिहीबार संसद्बाट नागरिकता विधेयक पारित भएपछि संसद् भवन बाहिर सञ्चारर्कमीसँगको कुराकानी क्रममा उनले नेपाली नागरिकलाई नागरिकताविहीन बनाएर राख्नुहुन्न भन्ने सन्देश गएको बताए । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले राष्ट्रपतिले पुर्नविचारका लागि पठाइएको विसधेयकलाई हुबहु पारित गर्नु उचित नभएको बताइन् । ...
नागरिकता विधेयक पारित : पक्षमा १३५ मत, विपक्षमा ६०

नागरिकता विधेयक पारित : पक्षमा १३५ मत, विपक्षमा ६०

राजनीति
काठमाडौं । प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ । पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित भएको हो । एमाएलेले माग गरेपछि मत विभाजनमा गएको थियो । विधेयकको पक्षमा १३५ र विपक्षमा ६० जनाले मतदान गरे ।