२०८० चैत्र १५

अब म र बाबुराम सँगै उभियौँ, कसैले रोकेर रोकिँदैन : प्रचण्ड





काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र डा. बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् । 



Advertisement



मंगलबार पेरिसडाँडामा पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा उनले आफू र बाबुराम सँगै उभिने कुराको धेरै अर्थ रहेको पनि बताए । 

“बाबुराम र प्रचण्ड सँगै उभिनेको कुरा धेरै ठुलो अर्थ छ । अब हामी उभियौँ । कसैले रोकेर रोकिँदैन । यद्यपि अहिले नै पार्टी एकता भएको त छैन । तर चुनावपछि एउटै केन्द्र बनाउने सहमति भएको छ,” उनले भने ।

Copy link
Powered by Social Snap