२०८१ बैशाख १३

निर्वाचन प्रयोजनका लागि कांग्रेसले दियो दल दर्ताको निवेदन




काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएको छ । उपसभापति धनराज गुरुङसहितका नेताहरू दर्ताको निवेदन दिन निर्वाचन आयोग पुगेका थिए । 



Advertisement



दर्ताको निवेदन दिएपछि उपसभापति गुरुङ कसैलाई घेराबन्दी गर्न गठबन्धन नगरिएको बताए । गठबन्धनमा छलफल गरेर नै सिट बाँडफाँट गरिने उनको भनाइ छ ।

त्यसैगरी उनले सत्ता गठबन्धनका पाँच दलभित्रका दलको चुनाव चिह्न अरू कसैले लिएमा त्यसले भागबन्डामा असर नपर्ने पनि बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।

Copy link
Powered by Social Snap