२०८१ बैशाख १३

लक्ष्मणलाल कर्णको आक्रोश– संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्न हुन्न




काठमाडौं । लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा)का सांसद लक्ष्मणलाल कर्णले संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्न नहुने बताएका छन् ।



Advertisement



मंगलबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा देशमा सात लाख नागरिक नागरिकताविहीन रहेको बताए ।

उनले नागरिकता विधेयकलाई एकदिन पनि रोक्न नहुने बताए । नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले संवेदनहीन काम गरेको उनको आरोप छ । 

एमालेका सांसद खगराज अधिकारीले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले राजनीतिक दलहरू राष्ट्रपति संस्थाप्रति आक्रामक हुनु भनेको लोकतन्त्रमाथि प्रहार भएको बताए ।

Copy link
Powered by Social Snap