२०८१ बैशाख १४

हामी व्यवस्थाको विरोधी होइनौँ : रवि लामिछाने




काठमाडौं । नेपाल स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनामा समस्या रहेकाले आफूहरूले प्रदेशसभाका लागि उमेदवारी नदिने घोषणा गरेको बताएका छन् ।



Advertisement



बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर लामिछानेले आफूहरू व्यवस्थाको विरोधी नरहेको तर प्रदेशमा समस्या देखिएकाले उमेदवारी नदिने निर्णय गरेको बताए । 

“हामी अहिले प्रदेशसभाको निर्वाचनमा सहभागी हुँदैनौँ । यसमा समस्या छ भनेर बहस सुरु गरेका हौँ । हामी व्यवस्थाको विरोधी होइनौँ,” सभापति लामिछानेले भने ।

Copy link
Powered by Social Snap