२०८० चैत्र १५

राष्ट्रघात हुँदै छ, इतिहासले सराप्छ : झपट रावल 




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद झपट रावलले नागरिकता विधयेक जस्ताको त्यस्तै पारित गरेर राष्ट्रघात गर्न लागिएको आरोप लगाएका छन् ।



Advertisement



बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलका क्रममा उनले तत्कालीन नेकपामा रहेका नेताहरूले सातवर्षे प्रावधान मानेको भन्दै अहिले ती नेता ‘कहाँ छन् ?’ भनी प्रश्न गरे ।

“आज मुलुकमाथि राष्ट्रघात हुँदै छ । इतिहासले तपाईंलाई सराप्नेछ । नेपाल आमाको आँसुले धिक्कार्नेछ,” उनले भने ।

उनले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोधेको प्रश्न मनन गर्न आग्रह गरे । ‘राष्ट्रपतिको पत्र निबन्ध’ भन्ने सांसदहरूलाई उनको सन्देश अक्षरशः पढ्न पनि आग्रह गरे ।

Copy link
Powered by Social Snap