धनुषा २ बाट ‘मास्टर साहेब’ले स्वतन्त्र उमेदवारी दिने
जनकपुरधाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट कारी यादव (मास्टर साहेब)ले स्वतन्त्र उमेदवारी दिने घोषणा गरेको छ । मंगलबार उनले जनकपुरधाममा पत्रकार सम्मेलन गरेर उमेदवारी घोषणा गरेका हुन् ।
भ्रष्टाचार, कुशासन तथा धर्म निरपेक्षताविरुद्ध आफूले उमेदवारी दिन लागेको उनको भनाइ छ । उनले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, धार्मिक एवं सामाजिक अवस्थालाई उकास्न आफूले उमेदवारी दिन लागेको बताए ।
"देशको अवस्था वर्तमान समयमा चिन्ताजनक छ । कलकारखाना बन्द भएका छन्," उनले भने, "शिक्षा स्वास्थ्यमा व्यापारीकरण भएको छ । यी र यस्ता विकृतिविरुद्ध निर्वाचित भए सशक्त रूपमा आवाज उठाउने छु ।"
०२५ सालदेखि मावि स्तरमा प्रथम श्रेणीको शिक्षक भई शिक्षण काम गरेका यादवले ०७० सालमा शिक्षण पेशाबाट अवकाश प्राप्त गरेका थिए ।
०७४ को न...









