२०८१ बैशाख ११

प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिलालाई उमेदवार बनाउँछ : देउवा




काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल महिला संघको प्रशिक्षण कार्य्रक्रममा देउवाले निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिला प्रतिनिधिलाई उमेदवार बनाउने बताएका हुन् ।



Advertisement



उनले समानुपातिक सूचीमा राख्नुपर्ने अधिकतम दबाब आइरहेका बेला प्रत्यक्षमा नै चुनाव लड्न महिला नेतृहरू इच्छुक हुनु सकारात्मक कुरा रहेको बताए । देउवाले अहिले निर्वाचनमा हारजितको फैसला गर्ने सम्पूर्ण अधिकार जनतामा रहेकाले जनतामाझ गएर आफ्नो विचार प्रवाह गर्न सुझाव पनि दिए ।

अहिले कांग्रेस मात्रै प्रजातन्त्रवादी पार्टी भएको भन्दै देउवाले प्रजातन्त्रलाई कमजोर हुन नदिन एकजुट र बलियो भएर अघि बढ्नुपर्ने बताए ।



कांग्रेस नेता प्रकाशमान सिंहले सूचना र प्रविधिलाई उच्चतम प्रयोग गर्दै आवश्यकता अनुसार चुनावी प्रचार प्रसारमा जुट्न आग्रह गरे । उनले आफैँ सक्षम भए कसैले अघि बढ्न रोक्न नसक्ने धारणा राखे ।

कार्यक्रममा कांग्रेसका महिला नेतृहरूले आगामी निर्वाचनमा समान सहभागिताको सुनिश्चित गर्न नेतृत्वसमक्ष आग्रह गरेका थिए । 

Copy link
Powered by Social Snap