२०८१ बैशाख ७

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन र ४ मा ओली सिफारिस 




विराटनगर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं. ३ बाट सर्वसम्मत सिफारिस भएका छन् ।



Advertisement



आज बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले उनलाई प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फको उमेदवार सिफारिस गरेको हो । 

“पार्टी अध्यक्ष सर्वसम्मत सिफारिस हुनु भएको छ,” राप्रपाका स्थानीय नेता राजकुमार चाम्लिङले भने । उमेदवारी घोषणा गरिएसँगै अब चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिइने चाम्लिङले बताए । राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले अब जिल्लाभर चुनवाी अभियान सञ्चालन गरिने बताए ।

अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई झापाको क्षेत्र नम्बर ३ मा पराजित गरेका थिए । 



यस्तै, झापा क्षेत्र नं. ४ मा राप्रपाबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभाको लागि खुस्बु ओलीको नाम सर्वसम्मत सिफारिस भएको छ ।

बेलायतको अक्स्फाेर्ड विश्वविद्यालयमा राजनीतिशास्त्र अध्ययन गरी फर्किएकी ओली प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ सिफारिस भएकी हुन् । 

हाल राप्रपामा केन्द्रीय प्रशिक्षकसमेतको जिम्मेवारीमा रहेकी उनी एक दशकदेखि ‘डेभलपमेन्ट सेक्टर’मा काम गर्दै आएकी छन् । 

Copy link
Powered by Social Snap