२०८२ पुष ४

Author: admin

चार दशक अघिको मुगु अनुभव

चार दशक अघिको मुगु अनुभव

विचार, विचार
दाजु गोपालका माइलो साला वासुदेव पोखरेल मुगुमा शिक्षक हुनुहुन्थ्यो। २०३५ साउन महिनामा वासुदेव मुगुबाट प्यूठान घर आएको समयमा भेटघाटको लागि हाम्रो घरमा (धुर्कोट गैराखर्क, गुल्मी) आउनुभयो।  मैले भरखर आई.ए. पास गरेर घरमै थिएँ। वासु सोल्टीले मलाई मुगु जाउँ, त्यहाँ शिक्षकमा तुरून्त नियुक्ति पाइन्छ भन्नुभयो। मुगुमा तलबको ११० प्रतिशत भत्ता पनि पाइने र १ वर्ष पढाएपछि सरकारले नै बि.एड्. पढ्न पठाउँछ, जाउँ भनेर जोड गर्नुभयो।  पहिलेदेखि नै वासु सोल्टी भाउजूलाई भेट्न हाम्रो घर आइरहने र हामी दुवैको पढाइ पनि एउटै क्लास भएकोले हामी दुईको राम्रो मित्रता पनि थियो। वासुदेवको प्रस्ताव अनुसार घरमा सल्लाह गरेर म मुगु जान तयार भएँ। २०३५ साल साउन १६ गते मेरा सबै प्रमाणपत्रहरू लिएर म घरबाट मुगु जान हिँडेँ। घरबाट प्युठान दाजुको ससुराली घरमा गई २ दिन बसेँ। १८ गते त्यहाँबाट सोल्टीहरू हरि,...
ज्ञानी हुने कला – SYM शुद्ध सकारात्मकता

ज्ञानी हुने कला – SYM शुद्ध सकारात्मकता

SYM शुद्ध सकारात्मकता, विचार, विचार
मानिसले जीवनपर्यन्त सिकिरहन्छ । ज्ञान र सीपकै आधारमा मानिस ज्ञानी हुन्छ । म्यान मेड पर्फेक्ट वाई प्राक्टिस् भनिन्छ । यसका लागि शिक्षामनोविद् रुसोका अनुसार अनुभवका आधारमा सिकिन्छ । अर्का शिक्षामनोविद् प्याभलवका अनुसार गल्तीबाट सिकाइ प्रभावकारी हुन्छ । यसैगरी, शिक्षाविद् किम्बलका अनुसार हरेक मानिसले अन्तरदृष्टिबाट सिक्छ । साथै, शिक्षाविद्द्वय यङका अनुसार प्रेरणाबाट र एलिस क्रोका अनुसार आन्तरिक प्रेरणाबाट मानिसले सिक्ने गर्दछ । यस अतिरिक्त, शिक्षाविद् पेस्तालोजीका अनुसार सिक्ने व्यक्तिको जागरुकता र अर्का विद्धान् बान्दुराका अनुसार शिक्षक/प्रशिक्षकको रोलमोडलपनबाट सिकाइ प्रभावकारी हुन्छ । सिक्ने समूह सबै मानिसका लागि सिक्ने पहिलो पाठशाला घर हो । त्यसमा पनि जन्मदिने आमा र कर्म दिने बुबा सर्वाधिक ठूला शिक्षक मानिन्छन् । त्यसपछि मित्रहरूबाट निरन्तर सिकिन्छ । तर, हेक्का राख्नु...
महिनामा ३० हजार कार्टन बिक्छ ‘हटपट’, भारतदेखि युरोप, अमेरिकासम्म निर्यात

महिनामा ३० हजार कार्टन बिक्छ ‘हटपट’, भारतदेखि युरोप, अमेरिकासम्म निर्यात

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
पोखरा नुडल्स प्रालिले 'हटपट' नामको चाउचाउ बजार पुर्‍याएको दुई वर्ष हुनै लागेको छ। पहिलो एक महिना ६ हजार कार्टन उत्पादन गरेकामा हाल मासिक तीस हजार कार्टन पुगेको छ। एक कार्टनमा २० प्याकेट हुन्छ। पोखरा नुडल्सले २५ वर्षभन्दा अघि, २०५३ सालमा चाउचाउ उत्पादन सुरू गरेको हो। रम्बा, बोनस, जोजो, सरर, सिटी, चिनो, समय लगायत नामका दर्जन हाराहारी प्रकारका चाउचाउ उत्पादन गर्दैछ। हटपट सबैभन्दा पछिल्लो उत्पादन हो।  कम्पनीका राष्ट्रिय प्रबन्धक सूर्य पोखरेलका अनुसार पोखरा नुडल्सका चाउचाउमध्ये हटपटको बिक्री दोस्रो स्थानमा छ। 'बजारमा पुर्‍याएको छोटो समयमै हटपटको माग बढेको छ। यसबाट हामी सन्तुष्ट छौं,' प्रबन्धक पोखरेलले भने, 'मासिक ३० हजार कार्टन बिक्री भइरहेको छ।' उनका अनुसार आकर्षक प्याकेजिङ, पकाएर खाँदा ट्वाक्क पिरो र मसलेदार यो चाउचाउमा नेपाली र कोरियाली रामेन चाउचाउको...
प्रचण्ड र माधव नेपाललाई चटक्कै छोडेर हिँड्न मिल्दैन: देउवा

प्रचण्ड र माधव नेपाललाई चटक्कै छोडेर हिँड्न मिल्दैन: देउवा

देश, समाचार
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन गरेरै अघि बढ्ने बताएका छन्।  ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शनिबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आगामी चुनावमा पनि गठबन्धन नै गरेर जाने बताएका हुन्।  स्थानीय तहको निर्वाचनमा कांग्रेस ठूलो पार्टी भएको र पहिलेको भन्दा केही सिट थप जितेको पनि उनले बताए।   ‘म पार्टीका सबैलाई मिलाएर लैजाने पक्षमा छु, मेरो तेरो भन्दिनँ, म सबैको सभापति हुँ। मेरो नेतृत्वमा कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउँछु, स्थानीय चुनावबाट कांग्रेस ठूलो पार्टी भयो, पहिलेभन्दा केही सिट थप जितियो,’ उनले भने, ‘अब पनि गठबन्धन गरेरै जाने हो, एक्लै बहुमत आउने अवस्था छैन।’ उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष म...
बक्यौता नतिर्ने वायुसेवा कम्पनी प्राधिकरणको सम्पर्कमा, करिब ९ करोड उठ्न बाँकी

बक्यौता नतिर्ने वायुसेवा कम्पनी प्राधिकरणको सम्पर्कमा, करिब ९ करोड उठ्न बाँकी

देश, समाचार
लामो समयदेखि सञ्चालनमा नरहेका र बक्यौता रकम नबुझाएका विभिन्न एयरलाइन्स कम्पनीहरू नागरिक उड्डयन प्राधिकरणको सम्पर्कमा आएका छन्। यस्ता कम्पनीमध्ये निकोन, शिवानी र कस्मिक एयरलाइन्स सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ। यी कम्पनीहरूसँग प्राधिकरणले सेवा शुल्कवापत आठ करोड ७४ लाख रूपैयाँ उठाउँन बाँकी छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सेवा शुल्कवापतको बक्यौता रकम नतिर्नेको बैंक खाता रोक्कादेखि सञ्चालकहरूको राहदानीसम्म जफत गर्ने सूचना निकालेपछि यी एयरलाइन्स कम्पनीहरू सम्पर्कमा आएका हुन्। 'निकोन एयरलाइन्सका सञ्चालकहरूको बैंक खाता र सम्पत्ति रोक्काका लागि सम्बन्धित निकायमा पत्रचार गरिएको छ,' उनले भने। उनका अनुसार २०४८ सालबाट निकोन एयरलाइन्सले आन्तरिक उडान सेवा थालेको थियो। निकोन एयरलाइन्सले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम चार करोड ७२ लाख २५ हजार ३४३...
भारत जानुअघि प्रचण्डले भने : उत्साहका साथ जाँदैछु

भारत जानुअघि प्रचण्डले भने : उत्साहका साथ जाँदैछु

देश, समाचार
३१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उत्साहका साथ भारत जान लागेको बताएका छन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड शुक्रबार भारत प्रस्थान गरेका छन् । भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण सद्भावना भ्रमण भएको बताए । साथै उनले भ्रमण आकस्मिक नभएको समेत दाबी गरे । उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभउको समेत बताएका छन् । नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले भारत भ्रमणको प्रस्ताव गरेको र उनी सचिव भएपछि आफूलाई फोन गर्दा जुलाई दोस्रो वा तेस्रो हप्ता उपयुक्त समय हुनसक्छ भनेको भन्दै प्रचण्डले भने, ‘त्यही अनुसार यो भ्रमण हुन लागेको हो । आकस्मिक होइन ।’ भ...
जसपाको संभावित विभाजनका ८ कारण

जसपाको संभावित विभाजनका ८ कारण

विचार, विचार
यदाकदा शंका लाग्दछ- यो देशको भाग्य नै कतै उल्टो कलमले लेखिएको त छैन ? हुनुपर्ने कैयौं चिज हजार प्रयत्न गर्दा पनि हुँदैनन्, नहुनुपर्ने, नभइदेओस् भनेर हजार कामना गरेका कैयौं कुरा सजिलै बारम्बार भइदिन्छन् । एकातिर हामी भन्छौं- लोकतन्त्र सफल हुन बलिया, सबल र सक्षम राजनीतिक दलहरू चाहिन्छन्, अर्कोतिर हामी दलहरूको टुट, फुट, गुट, विग्रह र विभाजनको अनन्त शृङ्खला सामना गर्न बाध्य छौं । वितेका पाँच वर्ष यताका मात्रै कुरा गर्दा झण्डै दुईतिहाइ बहुमत पाएको नेकपा (नेकपा) टुटेर धुजाधुजा भयो । आज त्यो पार्टी ४ चिरामा विभक्त मात्रै छैन, एकअर्काप्रतिका आरोप-प्रत्यारोपले राजनीति र लोकतन्त्रको गुणस्तर नै क्षयीकरण भएको छ । आम जनता र मतदातामा दलहरूप्रतिको विश्वास निरन्तर कमजोर हुँदैछ । दलहरूप्रतिको जनविश्वास मात्रै घटेको भए त्यो ठूलो जोखिमको कुरा हुने थिएन, साथसाथै संघीय लोकतान्त्रिक गणतन्त्र समेत बद...
गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे मेरो समर्थन रहन्छ : विश्वप्रकाश शर्मा

गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे मेरो समर्थन रहन्छ : विश्वप्रकाश शर्मा

देश, समाचार
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताएका छन् । अमेरिका भ्रमणमा रहेका शर्माले कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा शर्माले थापाको पक्षमा विचार व्यक्त गरेका हुन् । सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनले बताएका हुन् । सोही कार्यक्रममा सहभागी गोरखाका कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले महामन्त्री शर्माको बोली उद्धृत गर्दै भने, ‘५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक हो । सिनियर जुनियरको कुरा हामी बीचमा हुँदैन ।’ महामन्त्री थापाले अन्तवार्ताका क्रममा निर्वाचन पश्चात् प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आएका छन् । कांग्रेसमा संसदीय दलको नेता चुनिएर मात्रै प...
‘तालिमले खेती सिकायो, खेतीले पैसा दिलायो’

‘तालिमले खेती सिकायो, खेतीले पैसा दिलायो’

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
फूलुकुमारी (बायाँ) र विमलाकुमारी महतो परिवारमा छ जना छन्, दुई आमाबाबु र चार छोराछोरी। अहिलेको खर्चालु जमानामा यतिको परिवार पालिन, छोराछोरी पढाउन ठूलै खर्च लाग्छ। एक जनाले मजदुरी गरेको भरमा के पार लाग्नु! धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरकी ३६ वर्षीया विमलाकुमारी महतो यस्तै सोच्थिन्। घरभित्रकै सानोतिनो काममा दिन बित्थ्यो। कमाइको काम केही पनि थिएन।  'दिनभर श्रीमानले गरेको मजदुरीबाट जसोतसो परिवार चलेको थियो,' विमलाले भनिन्, 'सबै खर्च एक जनाको मजदुरीको कमाइमा निर्भर थियो।' विमला आफूले पनि केही कमाइ गर्न सके परिवार चलाउन सजिलो हुन्थ्यो भन्ने सोच्थिन्। केही न केही काम गरेर आर्थिक रूपमा आत्मनिर्भर हुन चाहन्थिन् तर कुनै उपाय फेला परेको थिएन। टोलका केही किसानले तरकारी खेतीबाट राम्रो आम्दानी गरेको पनि विमलाले देखेकी थिइन्। आफूले चाहिँ आँट गर्न सक...
जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ कात्तिक २५ बाट प्रदर्शन हुने

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ कात्तिक २५ बाट प्रदर्शन हुने

नेपाली चलचित्र
जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ। शुक्रबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेका छन्। सार्वजनिक पोस्टरमा जितु र साम्राज्ञीलाई प्रस्तुत गरिएको छ। जसमा साम्राज्ञी बेहुलीको पहिरनमा देखिएकी छन् भने जितुलाई बाजा बजाउँदै गरेको देख्न सकिन्छ। यो फिल्मलाई चिकित्सक भोला रिजालका छोरा कपिल रिजालले निर्देशन गरेका हुन्। दन्त चिकित्सक कपिल रिजाल यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन्। फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको अभिनय छ।  फिल्मको कथा निर्देशक रिजाल आफैले तयार पारेका हुन्। सुदीप बरालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गर...