२०८२ पुष ४

Author: admin

‘गृहकार्यले बच्चाको शारीरिक र सामाजिक विकासमा बाधा गर्छ’

‘गृहकार्यले बच्चाको शारीरिक र सामाजिक विकासमा बाधा गर्छ’

SYM शुद्ध सकारात्मकता, शिक्षा
काठमाडौं । बिहान ५-६ बजे, बालबालिका ब्युँझन्छन् । राम्ररी तंग्रिन पाएकै हुँदैनन्, विद्यालय जाने हतारो हुन्छ । हातमुख धोयो, खाजा-नास्ता खायो, पोशाक लगायो, गह्रौं झोला बोक्यो । दौडिहाल्यो । बिहान ७-८ बजे, घरकै अघिल्तिर वा चोकमा विद्यालयको बस-भ्यान आइसकेको हुन्छ । गाडीमा चढ्यो । कुदिहाल्यो । बिहान ९-१० बजे, विद्यालय प्राङ्गणमा हाजिर भइसकेको हुनुपर्छ । पंक्तिबद्ध उभियो । हल्का व्यायाम गर्‍यो । अनि कक्षाकोठामा प्रवेश गर्‍यो । खराखर लेखपढ गर्न थालिहाल्यो । अपरान्ह ४-५ बजे, विद्यालय छुट्टी हुन्छ । उसैगरी घर फर्कियो । झोला बिसाउन पाएका हुँदैनन्, गृहकार्यको चटारो हुन्छ । कक्षाकोठामा पढेका हरेक पाठको गृहकार्य गर्नैपर्‍यो । ५-७ वटा पाठको गृहकार्य सिध्याउँदा झमक्कै साँझ पर्छ । अब खाने, सुत्ने तरखरमा लाग्नुपर्छ । कक्षाकोठामा जति पढाइन्छ बच्चाको लागि त्यति नै उपयुक्त हुन...
अर्थ मन्त्रालयको सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टको सिल खोलियो, अध्ययन हुँदै

अर्थ मन्त्रालयको सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टको सिल खोलियो, अध्ययन हुँदै

देश, समाचार
१० साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिमा प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टबारे अध्ययन हुँदैछ । सिंहदरबारमा जारी समितिको बैठकमा फरेन्सिक रिपोर्टको सिल खोलिएको छ र त्यसबारे अध्ययन भइरहेको छ । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो । यसअघि मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने भन्दै सो दिनको फुटेज डिलिट भइसकेको जनाएको थियो । त्यसपछि संसदीय समितिले उक्त फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो । साथै सिंहदरबारको गेटकै सीसीटीभी फुटेज पनि समितिले झिकाएको थियो । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जे...
तीन अध्यक्ष रहने गरी नेपाल समाजवादी पार्टी गठन गर्दै बाबुराम भट्टराई

तीन अध्यक्ष रहने गरी नेपाल समाजवादी पार्टी गठन गर्दै बाबुराम भट्टराई

देश, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी थालेका छन्। उनले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिएका छन्। भट्टराई जसपाको संघीय परिषद अध्यक्ष थिए। उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद अध्यक्षको जिम्मेवारीबाट हटाएका थिए। यसअघि भट्टराईले पनि काठमाडौंमा जसपा केन्द्रीय समितिको विस्तारित बैठक राखेका थिए। जसपाबाट अलगिएर भट्टराईले नेपाल समाजवादी पार्टी खोल्न लागेका छन्। उनीनिकट एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ। ‘समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी राख्न लागिएको छ,’ भट्टराईनिकट एक नेताले भने, ‘तीन जना अध्यक्ष रहने गरी पार्टी गठनको तयारी छ,&n...
प्याड बनाएर बेच्दै २३ वर्षे अभिषेक

प्याड बनाएर बेच्दै २३ वर्षे अभिषेक

SYM शुद्ध सकारात्मकता
बर्दियाका २३ वर्षीय अभिषेक ओली स्यानिटरी प्याड बेच्छन्। एक वर्षयता उनले 'सदा केयर' ब्रान्डमा स्यानिटरी प्याड उत्पादन गरेर बजार पुर्‍याइरहेका छन्। स्थानीय बजारलाई लक्षित गरेर थालेको उत्पादन अहिले बर्दियासहित कञ्चनपुर, कैलाली, बाँके, दाङ र सुर्खेत गरी ६ वटा जिल्लामा पुगेको छ। 'यी जिल्लामा दैनिक दस कार्टनभन्दा बढी प्याड पुग्छ,' अभिषेकले उत्साहित हुँदै सुनाए, 'अन्य जिल्लाबाट पनि राम्रै माग आइरहेको छ।' सदा केयर स्यानिटरी प्याड कम्पनीले अहिले तीन आकारका प्याड उत्पादन गरिरहेको छ-  २४० मिमी, २८० मिमी, ३२० मिमी लम्बाइका। यो भनेको छोटो, मध्यम र विशेषगरी राती सुत्दा प्रयोग गरिने लामो प्याड हो। यी प्याडको मूल्य कम्तीमा ४० रूपैयाँदेखि सय रूपैयाँसम्म पर्छ। यसमध्ये बजारमा सबभन्दा कम मूल्यकै बढी बिक्री हुन्छ। 'हाम्रो उत्पादन सहरमाभन्दा बढी गाउँघ...
चुनावसम्म रहला सत्ता गठबन्धन?

चुनावसम्म रहला सत्ता गठबन्धन?

देश, समाचार
चुनावको मिति घोषणा हुन बाँकी छ। मंसिर पहिलो साता संघीय संसद र प्रदेश सभाको निर्वाचन हुने पक्काजस्तै छ। चुनावका लागि दलहरू अब कम्मर कस्न थालेका छन्। नजिकिएको चुनावले सबै दलहरूलाई थोरै ‘नर्भस’ पनि बनाउन थालेको छ। चुनाव कसरी जित्ने? कसरी धेरैभन्दा धेरै सिट ल्याउने? को-को सँग मिल्ने? अनि अन्तिममा कसले साथ देला वा कसले धोका? यी प्रश्नले सबैभन्दा धेरै सत्ता गठबन्धन भित्रका दललाई सताउन थालेको छ। अनि गठबन्धन भत्किएला कि भनेर झिनो आशाका साथ किनारमा बसेको छ, प्रमुख प्रतिपक्षी दल  नेकपा एमाले। संसदीय निर्वाचनमा कम्तीमा आफ्नो सम्मानजनक हैसियत सुनिश्चित गर्ने र सकेसम्म धेरै सिट जित्ने रणनीतिमा दलहरूले कसरत अघि बढाएका छन्। सबै जना सबैसँग छलफलमा छन्। सबैले सबैमाथि मनोवैज्ञानिक दबाब बढाएका छन् किनभने कोही कसैसँग पूर्ण रूपले आश्वस्त छैनन्। कांग्रेसले आफ्नै नेतृत्वमा...
कांग्रेसको निर्णयले झस्काएको छ, फेरि नेकपा ब्युँतिन सक्छ: माधव नेपाल

कांग्रेसको निर्णयले झस्काएको छ, फेरि नेकपा ब्युँतिन सक्छ: माधव नेपाल

देश, समाचार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयबाट आफूहरू झस्केको बताएका छन्। कांग्रेसको गत सोमबार सकिएको केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा पाँच वर्ष बहुमतको सरकार बनाउने गरी अहिलेको सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो। ‘गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ। साथै तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई ...
कोही कसरी यतिसम्म स्वार्थी हुनसक्छ?

कोही कसरी यतिसम्म स्वार्थी हुनसक्छ?

विचार, विचार
सायद बिहानको दश बजेको थियो। बिहानको खाजा खाइसकेपछि अनितासहित उसको श्रीमान् र दुवै बच्चाहरू आफ्नो काममा व्यस्त थिए। त्यसैबेला अनिताको मोबाइलको घण्टी बज्यो। अनिताले फोन उठाइन्। 'हेल्लो, बिनिता दिदी नमस्ते!,' दिदीले धेरै समयपछि फोन गरेकी थिइन्, त्यसैले अनिता कुरा गर्न एकदम उत्सुक थिइन्। जब उनीहरू भेट्छन्, एकअर्कालाई अत्यन्तै न्यानो माया दर्शाउँछन्। 'अनिता, तिमीलाई कस्तो छ?' 'यहाँ सबैलाई ठिक छ दिदी अनि त्यहाँको हालचाल के छ?' 'सबै कुरा राम्रो छ अनिता। आज तिम्रो छोराको विवाहको जनै सुपारी लिने दिन हो!,' उनले धेरै गम्भीर मुद्रामा भनिन्। अनिताले बुझ्नै सकिन दिदीले के भनिरहेकी छिन? उसको छोराको जनै सुपारी र उसैलाई थाहा छैन? अनिता चकित भइन्। अनिताले अचम्म मान्दै सोधिन्, 'मेरो छोराको जनै सुपारी? दिदी, तपाईं यो के भनिरहनु भएको छ? मैले केही बुझिनँ।' अनिता आत्त...
जसले बख्खुलाई ब्रान्डिङ गरेर बनाए ‘गोर्खा ट्विड’

जसले बख्खुलाई ब्रान्डिङ गरेर बनाए ‘गोर्खा ट्विड’

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
करिब ३ दशकदेखि कार्पेट व्यवसायमा आवद्ध दैलेखका दीपबहादुर शाही व्यापारको सिलसिलामा युरोप पुगेका थिए। सन् २०१५ मा उनी बेलायत गए। सोही समय उनले स्कटल्यान्ड पनि भ्रमण गरे। युरोप भ्रमण उनका लागि पहिलोपटक थिएन।  तर अचानक बाटोमा हिँड्दै गर्दा एउटा बोर्डमा उनको नजर पुग्यो। 'ट्विड' लेखिएको पसलमा उनी छिरे। ट्विड शब्दका बारेमा उनी अनजान थिए। भित्र गएपछि कपडा पसल रहेछ भन्ने थाहा पाए।  अन्जानमै छिरेको पसलका लुगाकपडा देखेर उनी चकित खाए। त्यहाँ परापूर्वकालदेखि नेपालका हिमाली क्षेत्रमा प्रयोग हुनेजस्तै कपडा र सामग्री थिए। 'मलाई त्यो दिनसम्म ट्विडका बारेमा जानकारी थिएन। त्यहाँ पुगेपछि थाहा भयो, त्यो त रफ उल रहेछ, प्रशोधन नगरिएको ऊन,' दीपबहादुरले सम्झिए। उनले त्यही दिन अर्को कुरा पनि थाहा पाए- कुनै समय नेपालका हिमाली तथा पहाडी क्षेत्रका मान्छेले लगाउने बख्...
पूर्वाधारविना अघि बढ्दै स्केटबोर्डिङ

पूर्वाधारविना अघि बढ्दै स्केटबोर्डिङ

खेलकुद
३१ असार, काठमाडौं । तपाईं हामीले कहिलेकाहीँ खुला सडकमा वा पार्कमा स्केट बोर्डमा रमाइरहेका युवाहरु देख्ने गरेका छौं । त्यही आधारमा अधिकांशले यसलाई मनोरञ्जनको साधनका रुपमा पनि बुझ्ने गरेका छन् । कमैलाई जानकारी छ, यो खेलको एउटा विधा हो । अघिल्लो वर्ष जापानको टोकियोमा आयोजित ग्रिष्मकालीन ओलम्पिकदेखि यो खेल ओलम्पिककै आधिकरिक खेलका रुपमा दर्ज भइसकेको छ । २०७२ सालमा राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दर्ता भएसँगै यो खेलले आधिकारिक मान्यता पाएको हो । टोकियो ओलम्पिकदेखि स्टेकबोर्डिङ नेपालको कान्छो ओलम्पिक खेल विधाका रुपमा उदाएको छ । स्थापनाकालदेखि नै अच्युत खनालले यो संस्थाको नेतृत्व गरिरहेका छन् । स्थापनाको सात वर्षअन्तरालमा नेपालमा स्केटबोर्डिङ खेलाडी संख्या उकालो लागिरहेको छ । तर, अहिलेसम्म व्यवसायिक खेलाडीको संख्या अत्यन्त न्यून छ भने नेपालमा अहिलेसम्म एउटा पनि अत्याधु...
डलर बलियो हुँदा विश्व अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने पाँच कारण

डलर बलियो हुँदा विश्व अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने पाँच कारण

अर्थतन्त्र, आर्थिक
पछिल्लो एक वर्ष प्रमुख वैश्विक मुद्राहरूको तुलनामा अमेरिकी डलरमा अत्यधिक वृद्धि भएको छ, यो पछिल्लो २० वर्षमा कहिल्यै देखिएको थिएन । यो ब्रिटिश पाउण्डको तुलनामा १५ प्रतिशत, युरोको तुलनामा १६ प्रतिशत र जापानी येनको तुलनामा २३ प्रतिशत वृद्धि भएको छ ।  डलर विश्वको सञ्चित मुद्रा हो, यसको अर्थ यो धेरै अन्तर्राष्ट्रिय लेनदेनहरूमा प्रयोग गरिन्छ। फलस्वरूप, यसको मूल्यमा परिवर्तनले सम्पूर्ण विश्व अर्थतन्त्रमा प्रभाव पार्छ, जसमध्ये प्रमुख ५ प्रभावलाई यहाँ प्रस्तुत गरिएको छ-  अमेरिकी डलरको शक्ति १९७७-२०२२ १. थप उच्च मुद्रास्फीति  पेट्रोल र अधिकांश वस्तुहरू जस्तै धातु वा काठ सामान्यतया अमेरिकी डलरमा व्यापार गरिन्छ (यद्यपि यसका केही अपवादहरू छन् ।)। त्यसैले जब डलर बलियो हुन्छ, यी वस्तुहरूको मूल्य स्थानीय मुद्रामा बढी हुन्छन् । उदाहरणका लागि बेलायती पाउण्ड...