२०८२ पुष ४

Author: admin

धरानका मेयर हर्क साम्पाङले आफ्नो सरकारी गाडी बेचेर रोलर किन्ने

धरानका मेयर हर्क साम्पाङले आफ्नो सरकारी गाडी बेचेर रोलर किन्ने

देश, समाचार
धरान उपमहानगरपालिकाले मेयर चढ्न किनेको गाडी बिक्री गर्ने निर्णय गरेको छ। मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकाले बैठकबाट पारित भएको हो। मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए। ‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ। नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको हो,’ मेयर साम्पाङले भने। मेयर निर्वाचित भए पनि साम्पाङ प्राय: आफ्नो मोटरसाइकल प्रयोग गर्छन्। धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन्। ‘उहाँले धेरैजसो आफ्नै बाइक प्रयोग गर्ने हो, गाडी चाहिएको छैन, त्यसैले काम लाग्दो अर्को साधन किन्ने निर्णय भएको हो,’ मेयरको सचिवालयले भन्यो, ‘अब बिक्रीका लागि कानुनी प्रक्रिया पूरा गर्ने काम सुरु भएको छ।’ ...
आज नहुने भयो हिमालयन र सिभिल बैंकको मर्जर

आज नहुने भयो हिमालयन र सिभिल बैंकको मर्जर

बैँक/ बीमा
हिमालयन बैंक र सिभिल बैंकबीच शुक्रबार हुने भनिएको मर्जर सम्झौता हाललाई स्थगित भएको छ। शुक्रबारको लागि सम्झौता गर्ने कार्यक्रममा हिमालयन बैंकले केही सञ्चारकर्मीलाई निमन्त्रणासमेत गरिएको थियो। स्रोतका अनुसार हिमालयन बैंकका सञ्चालकहरूले सिभिल बैंकलाई दिन लागिएको स्वाप रेसियोमा असहमति जनाएपछि मर्जरमा बाधा आएको हो। हिमालयन बैंकको एक सय कित्ता सेयर बराबर सिभिलको ८१ कित्ता बराबर सेयर हुने गरी स्वाप रेसियो तय भएको थियो। हिमालयन बैंकले यसअघि पनि नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडेको थियो। ...
कक्षा ५ मा पढ्दै ६१ वर्षीय रिमबहादुर

कक्षा ५ मा पढ्दै ६१ वर्षीय रिमबहादुर

SYM शुद्ध सकारात्मकता
कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन्। उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन्। कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन्। अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ। दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो। उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ। यसले सबैलाई खुसी तुल्याएको छ। बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैछन्। पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरिदिए। रिमबहादुर सानोमा विद्यालय जान पाएका थिएनन्। विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन। कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन्। ‘मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा ...
झाडुपोछा गरेर हुर्काएकी छोरी क्रिकेटर बनिन्, आमा भन्छिन्- मेरा लागि गर्वको बात हो

झाडुपोछा गरेर हुर्काएकी छोरी क्रिकेटर बनिन्, आमा भन्छिन्- मेरा लागि गर्वको बात हो

SYM शुद्ध सकारात्मकता
सुदूरपश्चिम प्रदेश, बझाङको जयपृथ्वी नगरपालिकाकी बासिन्दा मनीषाले उपाध्यायले २०७६ सालमा प्रधानमन्त्री कप क्रिकेट खेलिन्। दुई वर्षपछि, २०७८ सालमा यही खेलमा उनले गण्डकी प्रदेशबाट खेलिन्।  सोही वर्ष भएको मुख्यमन्त्री कप यु–१९ महिला क्रिकेट प्रतियोगितामा मनीषाले गण्डकी प्रदेशको कप्तानी सम्हालिन्। उनको टिमले उपाधि जित्यो। मनीषा अहिले काठमाडौंको क्रिकेट एकेडेमीमा क्रिकेटको प्रशिक्षण लिँदैछिन्। उनकी आमा धनादेवी उपाध्याय आवश्यक खर्च पठाउँछिन्। धना भैंसी र बाख्रा पालेर घरमै सानोतिनो आम्दानी गर्छिन्।  हालै यु–१९ महिला क्रिकेट विश्वकप छनोट खेल्न मलेसिया गएको नेपाली टोलीमा मनीषा पनि थिइन्। उनले यु–१९ विश्वकप क्वालिफायर- २०२२ खेलिन्। मनीषाले नेपाली राष्ट्रिय महिला टिमबाट मलेसियामा एसिसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने मौका पनि पाएकी थिइन्। त्यही समय एपेन्डिस...
सबै एस.ई.ई उत्रिण विद्यार्थीको रोजाई : मनास्लु वर्ल्ड कलेज

सबै एस.ई.ई उत्रिण विद्यार्थीको रोजाई : मनास्लु वर्ल्ड कलेज

शिक्षा
काठमाडौं। काठमाडौंको चावहिल, चुच्चेपाटीमा युवा उद्यमी समूह ‘मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.लिले ‘मनास्लु वर्ल्ड कलेज’यति बेला सुन्दर शैक्षिक गन्तव्य बन्दै आएको छ। शिक्षा क्षेत्रमा लामो समय अनुभव हासिल गरेका अध्यापकहरूको एउटा समूहले निर्माण गरेको मानास्लु कलेज छोटो समयमै आफ्नो गुणस्तरद्वारा परिचित हुन सफल शैक्षिक संस्थाका रूपमा रहेको छ। प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पढाई हुने यो कलेजमा भर्ना भएका विद्यार्थीले कोर्सको माग अनुसारकै प्रयोगात्मक ज्ञान पनि दिने गरिएको छ। सैद्धान्तिक ज्ञानका साथसाथै प्रयोगात्मक सिपलाई पनि जोड दिँदै त्यसका लागि कलेजले बैंक सम्बन्धी तालिम, होटल व्यवस्थापन सम्बन्धी तालिम, सञ्चालन गर्दै आएको छ। त्यस्तै मानविकी संकायमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि रेडियो, टेलिभिजन स्टुडियोहरूको भ्रमण गराई प्रयोगात्मक शिक्षा ...
नेपाली टायर ‘डेल्टा’ र ‘शेर्पा’ को बजार फैलिँदै, ५० प्रतिशत हिस्सा ओगट्ने योजना

नेपाली टायर ‘डेल्टा’ र ‘शेर्पा’ को बजार फैलिँदै, ५० प्रतिशत हिस्सा ओगट्ने योजना

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
विक्रम सिंघानियाले डेल्टा डिस्ट्रिब्युटर प्राइभेट लिमिटेडमार्फत् बाहिरबाट टायर ल्याएर यहाँ बेच्न थालेको २५ वर्ष भयो। यो काम अनुभवले करिब दस वर्षअघि नै उनलाई हौस्यायो। उनले आफैं टायर उत्पादन गर्ने सोचे। यसनिम्ति उनले ग्रीन टायर्स प्रालि खोले। २०७३ सालमा प्लान्ट जडान सुरू भयो। मोरङको कटारीमा रहेको उनको उद्योग करिब नौ बिगाह जग्गामा फैलिएको छ। यो उनको आफ्नै जमिन हो। २०७६ सालबाट उत्पादन बजारमा पुर्‍याउन थालेको सिंघानियाले जानकारी दिए। उनका अनुसार ग्रीन टायर्सले डेल्टा र शेर्पा गरी दुई ब्रान्डका टायर बजारमा ल्याएको छ। डेल्टा ब्रान्डमा दुई पांग्रेका टायर पाइन्छ भने शेर्पामा तीन पांग्रे र कृषि ट्र्याक्टरमा प्रयोग हुने टायर पाइन्छ। 'अहिले उपभोक्ताहरूले दुवै ब्रान्डका टायर अत्यन्तै रूचाएका छन्,' सिंघानियाले भने। उद्योगले पहिलो चरणमा ट...
चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी

चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी

देश, समाचार
काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा डेढ सय जना स्थानीय पर्यटकहरू अझै फर्किन सकेका छैनन्।  बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। आधा घण्टादेखि ४५ मिनेटसम्म बीचमै रोकिएपछि इमर्जेन्सी सेवा सञ्चालन गरी केबलकारलाई माथिसम्म पुर्‍याइएको थियो।  भ्रमणका लागि निस्किएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परिवार पनि केहीबेर केबलकारमै अड्किएका थिए। त्यतिबेला १४० जना केबलकारमा फसेका थिए। चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा पुगेका अझै १५० जना पर्यटकको उद्दार गर्न बाँकी रहेको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। 'अझै डेढ सय मानिसहरू माथि बाँकी हुनुहुन्छ,' उनले भने।  अहिलेसम्म प्रहरीले दुई सय जनालाई माथिबाट पैदल हिँडाएर तल ल्याएको बताएको छ। प्रहरीले स्कर्टिङ गर्...
हवाई भाडा बढ्यो, धनगढी पुग्न अधिकतम १७,०२५ रुपैयाँ 

हवाई भाडा बढ्यो, धनगढी पुग्न अधिकतम १७,०२५ रुपैयाँ 

देश, समाचार
२२ असार, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ । भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ पुगेको छ । यस रुटमा १७० रुपैयाँ बढेको छ । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ । यो रुटमा अब अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ । हेर्नुहोस् भाडा सूची: ...
अर्थ मन्त्रालय अब प्रधानमन्त्रीले नै सम्हाल्ने

अर्थ मन्त्रालय अब प्रधानमन्त्रीले नै सम्हाल्ने

देश, समाचार
२२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैंसँग राखेका हुन् । बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं मातहत राखेको जानकारी दिएको छ । ...
शरीरमा आयोडिनको कमी भए के हुन्छ ?

शरीरमा आयोडिनको कमी भए के हुन्छ ?

स्वास्थ्य
आयोडिन र नुनको विषयमा हामीले धेरै कुरा सुन्दै आएका छौं । नुन र आयोडिन शरीरका लागि आवश्यक तत्व हो । तर यसको मात्राको विषयमा विभिन्न प्रश्न पनि उठिरहेका छन् । आयोडिन मानिसको लागि दैनिक रूपमा नभई नहुने तत्वमध्ये पर्छ । समुद्रबाट प्राप्त हुने प्राकृतिक खाद्य पदार्थ सेलफिस, फिस, कर्डफिस आदि तथा समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा सबैभन्दा बढी आयोडिन पाइन्छ । तर नेपालमा समुद्र नभएकाले आयोडिन प्राप्त गर्न नुनको सेवन गर्नुपर्ने हुन्छ । नेपालीहरूको भान्सामा प्रयोग हुने नुनमा आयोडिनको मात्रा बढी छ भन्ने कुरा केही समय अघि सुन्नमा आएको थियो । योसँगै नुन र आयोडिनको विषयमा भ्रमपूर्ण कुरा समेत सम्प्रेषण भइरहेकाले यसले सर्वसाधारणमा आशंका पैदा गरिरहेको देखिन्छ । नुनमा आयोडिनको मात्रा कति ?   उत्पादन स्थलमा नुनमा आयोडिनको मात्रा ५० पीपीएम भन्दा...