आयुर्वेद : पञ्चकर्मले कसरी गर्छ शरीरको शुद्धीकरण ?
आयुर्वेद भन्नासाथ आम बुझाइ के पाइन्छ भने यो जडिबुटीबाट गरिने उपचार हो । तर आयुर्वेदको आयाम यतिमा मात्र सीमित छैन । यो हाम्रा पूर्खाहरुले खोज, प्रयोग र अभ्यास गरेका सदियौं पुरानो चिकित्सा पद्धति हो ।
खासगरी आयुर्वेदले सम्पूर्ण शरीरलाई शोधन गरी रोगप्रतिरोधात्मक क्षमता बढाउने भूमिका खेल्छ । यसका पनि विविध तौरतरिका छन् । त्यसमध्येको एक हो, पञ्चकर्म ।
के हो पञ्चकर्म ?
आयुर्वेद चिकित्साको सिद्धान्त अनुसार रोग तीन कारणले लाग्छ, वात, पित्त र कफ । यी तत्वमा विषमता वा प्रकोप हुनु नै रोग उत्पन्न हुनु हो । अतः यी रोगहरुबाट मुक्ति पाउने एउटा प्राकृतिक विधि पञ्चकर्म हो ।
पञ्चकर्मका पाँच विधिध छन्, वमन, विरेचन, नास्य, वस्ती तथा रक्तमोक्षण । यसले शरीरका विकारलाई हटाएर शरीरमा जीव विष पैदा गर्नसक्ने तनाव वा रोगलाई कम गर्न सहयोग गर्छ । अनि शरीरलाई दोषहरुबाट मुक्त राख्छ । स्वेद ...









