सजिलो सेवाले ल्यायो नयाँ ‘सजिलो सेवा एप’
सजिलो सेवा टिमले नयाँ 'सजिलो सेवा एप' ल्याएको छ।
कम्पनीले स्थापनाको पाँच वर्ष मनाएको केही समयमै प्रविधिमैत्री नवीनतालाई जारी राख्दै आइओएस एन्ड्रोइडलाई हुने गरी नयाँ सजिलो सेवा एप लिएर आएको छ।
कम्पनीले अब यस एपमार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरू प्रदान गर्ने बताएको छ।
यस एपमा सहजै सेवा बुकिङ गर्न सकिने, सेवाहरूको मूल्य पारदर्शी रूपले एपमा देख्न सकिने, सेवा बुकिङ गर्नु अगावै आफूलाई चाहिएको सेवाको इस्टिमेट सहजै तुरुन्त प्राप्त गर्न सकिने, आफ्नो अर्डरको स्थिति लाइभ अपडेट लिन मिल्ने, ३० दिनको सर्भिस वारेन्टी लगायतका विशेषता रहेका छन्।
कम्पनीले भदौ १७ गतेदेखि कात्तिक ७ गतेसम्म ग्राहकहरूका लागि अफर पन...









