आज करोडौं पारिश्रमिक लिने कलाकारले पहिलो फिल्मबाट कति पाए ? : SYM Pure Positivity
कलिउड क्षेत्रमा मात्र हैन, बलिउड क्षेत्रमा पनि कलाकारको बढी पारिश्रमिकले कहिलेकाहीँ चर्चा पाउने गर्छ। तर पछिल्लो समय बढी पारिश्रमिक लिनु सामान्य हुन थालिसकेको छ। बलिउडमा जति धेरै चलचित्रहरू बने पनि अधिकांश सफल हुन्छन्।
चलचित्र हिट भएअनुसार कलाकारहरूले आफ्नो पारिश्रमिक बढाउँदै लगेका छन्। अभिनेता फिल्म खेलेबापत् कति पारिश्रमिक लिन्छन्? फ्यानहरूलाई त्यतिकै चासो हुन्छ। चासो हुनु पनि स्वाभाविक हो। बलिउड अभिनेताका फ्यान नेपालमा पनि उत्तिकै छन्।
हालैको एक अन्तर्वार्तामा आलिया भट्टले आफ्नो पहिलो फिल्मका लागि १५ लाख भारू पाएको बताइन्। १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट आफ्नो करियर सुरू गरेकी थिइन् । खर्च गर्नुको सट्टा उनले आफ्नो पहिलो कमाई आमालाई दिएको बताएकी थिइन्।
आलियाजस्तै आज बलिउडमा यस्ता धेरै कलाकार छन् जसले फिल्मका लागि करोडौं श...









