इनास अष्ट्रियामा ‘माइती चेली दर साँझ’
९ भदौ, भियना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अष्ट्रियाको आयोजनामा ‘माइती चेली दर साँझ २०७९’ आयोजना गरिएको छ। हरितालिका तीजको अवसरमा शनिबार भियानामा तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
नारीहरुको महान चाड आयोजना गरिएको कार्यक्रममा लक्की ड्र मार्फत विभिन्न आकर्षक पुरस्कार वितरण गरिएको थियो। १० युरोको भाग्यशाली लक्की ड्र मार्फत अष्ट्रिया निवासी बाबा राजेश्वरी थापालाई प्रथम पुरष्कार ‘सुनको तिलहरी’ परेको थियो। दोश्रो पुरस्का कृष्ण भाटको जोडीलाई क्यान्डल लाइट डिनर र तेश्रो पुरष्कार २ जनाले आकर्षक डिजाइनको साडी प्राप्त गरे।
त्यसैगरी कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरु मध्येबाट तीज क्विनको उपाधि एलिजा श्रेष्ठले जितिन्। उक्त उपाधिका लागि ६ जना मनोनयनमा परेका थिए। प्रवेश निशुल्क रहेको कार्यक्रममा बिभिन्न नेपाली खानाका परिकारहरु समेत राखिएको थियो। तीज गीतमा स...








