२०८३ बैशाख १८

Author: admin

राष्ट्रपति समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

देश
काठमाडौं, भदौ १० गते । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।  नेपालका लागि साउदी अरेबियाका आवसीय राजदूत साद नासिर अब्दुल्लाह अबु हाइमेदले शुक्रबार राष्ट्रपति समक्ष परराष्ट्र मन्त्री डा. नारायण खड्काको उपस्थितिमा ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । त्यसैगरी शुक्रबार नै स्लोभाक गणतन्त्रका गैरआवासीय राजदूत रोबर्ट म्याक्सियनलेसमेत राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुहुँदै स्लोभाक गणतन्त्रका गैरआवासीय राजदूत रोबर्ट म्याक्सियन ...
ए.आइ.टि.एम क्याम्पसमा ‘मेयर छात्रवृत्ति’ : AITM College

ए.आइ.टि.एम क्याम्पसमा ‘मेयर छात्रवृत्ति’ : AITM College

शिक्षा
ललितपुरको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट  'एआइटिएम' क्याम्पसमा मेयर छात्रवृत्तिअन्तर्गत दुई जना विद्यार्थीले पढ्न पाउने भएका छन्। शुक्रबार क्याम्पसमा आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन राठीले 'मेयर छात्रवृत्ति' सम्झौता पत्रमा हस्तक्षार गरेका हुन्। सम्झौताअनुसार मेयर छात्रवृत्तिका लागि सूचना र प्रविधि विषयमा चार वर्षे स्नातक तहमा एक जनाले पढ्न पाउनेछन्।  त्यस्तै 'प्लस टु' मा विज्ञान र व्यवस्थापन संकायमा एक जनाले छात्रवृत्ति पाउनेछन्। यो कार्यक्रम पाँच वर्षसम्म निरन्तर हुनेछ।   महानगरका प्रमुख चिरीबाबु महर्जनले यही वर्षबाट मेयर छात्रवृत्ति कार्यक्रम सुरू हुने बताए। उनकाअनुसार पहिलो र दोस्रो कार्यकालमै पहिलो पटक विद्यार्थीका लागि छात्रवृत्ति...
मिर्गौला, क्यान्सर, मेरुदण्डका रोगीको विवरण उपलब्ध गराउन काठमाडौं महानगरको आह्वान

मिर्गौला, क्यान्सर, मेरुदण्डका रोगीको विवरण उपलब्ध गराउन काठमाडौं महानगरको आह्वान

देश, समाचार
काठमाडौं महानगरपालिकाले चार थरी रोगका बिरामीलाई  औषधि उपचार बापत खर्च उपलब्ध गराउनका लागि निवेदन आह्वान गरेको छ । महानगरले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेको, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीको विवरण माग गरेको हो । औषधि उपचार बापतको खर्च उपलब्ध गराउने नीति अनुसार जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले दिएको  अधिकार प्रयोग गरी मन्त्रालयबाट जारी गरिएको मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ कार्यान्वयन गर्दै सम्पूर्ण कागजात सहित आ आफनो वडा कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ । नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, अन्यत्रबाट बसाइँ सरी आएको हकमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि, चिकित्सकबाट प्रमाणित गरिएको कार्यविधिमा रहेको अनुसूची १ बमोज...
मतपत्रमा पहिलो नम्बरमा एमालेको चुनाव चिह्न

मतपत्रमा पहिलो नम्बरमा एमालेको चुनाव चिह्न

राजनीति
९ भदौ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न पहिलो नम्बरमा रहने भएको छ । निर्वाचन आयोगका अनुसार ८० दलले दल दर्ताका लागि निवेदन दिएका थिए । माओवादी केन्द्रसहित चार दलले एउटै चुनाव चिह्नबाट निर्वाचनमा लड्न निवेदन दिएकाले मतपत्रमा अधिकता ८७ दलको चिह्न मात्र रहने छ । आयोगले यसपटक उम्मेदवारी दिएका दलहरुको मात्र चिह्न राखेर मतपत्र छाप्ने भनेकाले जिल्ला/निर्वाचन क्षेत्रअनुसार मतपत्रमा चुनाव चिह्नको संख्या तलमाथि हुनेछ । यसरी राखिने चुनाव चिह्नको रोलक्रम भने २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा हुने आयोगले जनाएको छ । समानुपातिकतर्फ सहभागी नभएका दलहरुको हकमा भने प्रतिनिधि सभा/प्रदेश सभा सदस्य निर्वाचन– २०७९ का लागि दल दर्ता भएको क्रमका आधारमा हुनेछ । आयोगको यो निर्णयअनुसार मतपत्रको पह...
इनास अष्ट्रियामा ‘माइती चेली दर साँझ’

इनास अष्ट्रियामा ‘माइती चेली दर साँझ’

विदेश / एन.आर.एन
९ भदौ, भियना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अष्ट्रियाको आयोजनामा ‘माइती चेली दर साँझ २०७९’ आयोजना गरिएको छ। हरितालिका तीजको अवसरमा शनिबार भियानामा तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो । नारीहरुको महान चाड आयोजना गरिएको कार्यक्रममा लक्की ड्र मार्फत विभिन्‍न आकर्षक पुरस्कार वितरण गरिएको थियो। १० युरोको भाग्यशाली लक्की ड्र मार्फत अष्ट्रिया निवासी बाबा राजेश्वरी थापालाई प्रथम पुरष्कार ‘सुनको तिलहरी’ परेको थियो। दोश्रो पुरस्का कृष्ण भाटको जोडीलाई क्यान्डल लाइट डिनर र तेश्रो पुरष्कार २ जनाले आकर्षक डिजाइनको साडी प्राप्त गरे। त्यसैगरी कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरु मध्येबाट तीज क्विनको उपाधि एलिजा श्रेष्ठले जितिन्। उक्त उपाधिका लागि ६ जना मनोनयनमा परेका थिए। प्रवेश निशुल्क रहेको कार्यक्रममा बिभिन्न नेपाली खानाका परिकारहरु समेत राखिएको थियो। तीज गीतमा स...
ज्ञानेन्द्रले किन रोजे २२ नम्बरको जर्सी ?

ज्ञानेन्द्रले किन रोजे २२ नम्बरको जर्सी ?

खेलकुद
९ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल झण्डै ६ महिनापछि टिममा फर्किएका छन् । नेपालले केन्यासँग खेलेको टी–२० बाट उनी टिममा मात्र फर्किएनन्, नयाँ जर्सीमा देखिए । जबकी उनले ११ नम्बर जर्सी लगाउँदै आएका थिए । मेहबुब आलम राष्ट्रिय टिममा हुँदा उनले ११ नम्बर जर्सी लगाउँथे र ज्ञानेन्द्रले २२ नम्बर लगाउँथे । आलमले खेल्न छाडेपछि ज्ञानेन्द्रले ११ नम्बर लगाए । पछिल्ला वर्षहरुमा ज्ञानेन्द्र राष्ट्रिय टिमका नियमित सदस्य बने । पारस खड्काले राजीनामा दिएपछि कप्तानको जिम्मेवारी पनि सम्हाले । तर खेलाडीहरुको वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै नेपाल क्रिकेट संघले २९ मंसिर २०७८ मा मल्लसहित चार खेलाडीमाथि कारबाही ग¥यो । मल्ल कप्तानबाट हटाइयो भने चार जनालाई ६ महिना सेन्ट्रल कन्ट्याक्टमा नराख्ने निर्णय गर्‍यो । खेलाडीहरुले त्यसको विरोध गरे । कारबाही फिर...
काठमाडौं, जहाँ सित्तैंमा खाना पाइन्छ

काठमाडौं, जहाँ सित्तैंमा खाना पाइन्छ

SYM शुद्ध सकारात्मकता
८ भदौ, काठमाडौं । सहरसँगै जोडिएर आउने एउटा विशेषण हो, स्वार्थी । मान्छेहरू भन्छन्, यो सहर स्वार्थी छ । तर, यहाँ त्यस्ता मनकारीहरू पनि छन् जो अरुलाई सित्तैंमा खाना खुवाउँछन् । काठमाडौंको गोंगबुस्थित बिजी मलको प्राङ्गणमा सित्तैंमा खाना उपलब्ध हुन्छ । झट्ट हेर्दा लाग्छ, यहाँ कुनै भतेर चलिरहेको छ । आगन्तुकहरू भुईंमै टुक्रुक-टुक्रुक बसेर कपाकप खाना खाइरहेका देखिन्छन् । भोको पेट लिएर पुग्ने जो कोहीले यहाँ खाना पाउँछन्, भरपेट । ज्याला मजदुरी गर्नेहरू हुन् वा यसै टहल्नेहरू, यहाँ खाना खान सक्छन् । दिनमा दुई छाक खाना उपलब्ध हुन्छ । बिहान ११ बजे र साँझ ५ बजेको हाराहारीमा तात्तातो खाना पाइन्छ । खानामा दाल, तरकारी, अचार सबै हुन्छ । हिजोआज दैनिक लगभग सय जनाले खाना खाने गर्छन् । कतिपय रोगी, अशक्त, निमुखा हुनसक्छन्, जो यहाँसम्म आएर खान सक्दैनन् । उनीहरू जहाँ छन्, त्यही पुर्‍याइ...
मेयर बालेनले चलाए अल्फाबिटाको संरचनामा डोजर

मेयर बालेनले चलाए अल्फाबिटाको संरचनामा डोजर

समाचार
९ भदौ, काठमाडौं । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए । मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए । विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगे । अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई सुनेन । र अवैध रुपमा हालेको सटर हटाएको छ । फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको छ । ...
एनआरएनए कतार र राजदूत ढकालबीच श्रमिकका समस्याबारे छलफल

एनआरएनए कतार र राजदूत ढकालबीच श्रमिकका समस्याबारे छलफल

विदेश / एन.आर.एन
७ भदौ, काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी), कतारको टोलीले राजदूतसँग शिष्टाचार भेट गरेको छ । नवगठित एनआरएनए एनसीसीका अध्यक्ष सुरेश भट्टको नेतृत्वको टोलीले कार्यालयमै पुगेर राजदूत डाक्टर नरेशविक्रम ढकालसँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा राजदूत ढकालसँग कतारमा रहेका नेपाली श्रमिकहरूका समस्या पहिचान र नेपाली समाजमा उत्पन्न विकृति निराकरणबारे छलफल भएको अध्यक्ष भट्टले बताए । आगामी दिनमा नेपाली राजदूतावास परिवार र गैरआवासीय नेपाली संघबीच श्रमिकका समस्या, नेपाली समाजको श्रीवृद्धि र देश विकासका लागि चाहिने नवीनतम नीति निर्माण कार्यमा एकआपसमा समन्वय गरि अघि बढ्ने संकल्पसमेत भएको उनको भनाइ छ । राजदूत ढकालले नवगठित एनआरएनए, एनसीसी कतारको कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । एनआरएनएको टोलीले पनि राजदूत ढकालको कार्य...
डिजिटल बैंकिङ : काउन्टरमा भीडदेखि नगद ‘सर्कुलेसन’सम्म घट्दै

डिजिटल बैंकिङ : काउन्टरमा भीडदेखि नगद ‘सर्कुलेसन’सम्म घट्दै

अर्थतन्त्र, बैँक/ बीमा
८ भदौ, काठमाडौं । नेपालमा विद्युतीय भुक्तानीको अभ्यास सुरु भएको धेरै भएको छैन । छोटै समयमा पनि विद्युतीय माध्यमको कारोबारले ठूलै फड्को मारेको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागको २०७९ असारको तथ्यांकले एकै महिनामा २ करोड ५ लाख ६४ हजार ३०८ पटक मोबाइल बैंकिङ कारोबार भएको देखाएको छ । त्यसबाट १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख रुपैयाँको कारोबार भएको विभागले जनाएको छ । २०७७ साउनमा मोबाइल बैंकिङको माध्यमबाट ५९ लाख २३ हजार ४११ वटा कारोबारमार्फत १८ करोड ३९ लाख ३० हजार रुपैयाँको कारोबार भएको थियो । मोबाइल बैंकिङ मात्र नभई कनेक्ट आईपीएस र वालेटबाट हुने आर्थिक कारोबार पनि उल्लेख्य रुपमा बढेको देखिन्छ । २०७९ साउनमा वालेटको माध्यमबाट हुने कारोबार संख्या डेढ करोडभन्दा माथि पुगेको छ । साउनमा वालेटको माध्यमबाट १ करोड ६२ लाख ६ हजार ३५६ कारोबारमार्फत १७ अर्ब...