२०८१ बैशाख ११

कदम थिएटरमा ‘१२ एंग्री म्यान’को नेपाली रुपान्तरण ‘१२ दुर्वासा’ मञ्चन हुने




कदम थिएटरमा विश्वप्रसिद्ध अमेरिकी नाटक तथा टिभी सिरिज ‘१२ एंग्री म्यान’को नेपाली रुपान्तरण नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने भएको छ।

झापा दमकस्थित थिएटरमा यही भदौ १० गतेबाट नाटक मञ्चन हुने लागेको हो। विसं २०७३ मा मण्डला थिएटरले समेत यस नाटकको नेपाली रुपान्तरण पस्किसकेको छ। यो नाटक विश्वका धेरै मुलुकका मञ्चमा मञ्चन भइसकेको छ।



Advertisement



सिजन दाहालको परिकल्पना तथा निर्देशन रहने नाटकमा हेमन्त बुढाथोकी, जीवन बराल, मौसम राना, तिब्बत राई, सुवास खरेल, बलु राई, रोमनाथ ओली, राजेन्द्र अधिकारी, सन्तोष दुलाल, चिरञ्जीवी घिमिरे, सुमन लिङ्देन, मनिकशंकर, सुजन भण्डारी, नवीन रिजाललगायत कलाकारको अभिनय छ।

नाटकमा एउटा छोराले आफ्नै बुबालाई मारेको हो वा होइन भन्ने एकै प्रश्नमा केन्द्रित छ। अदालतले यो विषयमा निर्णय गर्न गाह्रो भएर वा विशेष कारणवश केही गम्भीर शंका देखेर फरक पेसाका १२ जना आमनागरिकलाई त्यस मुद्दामा छलफल गर्न लगाएर, उनीहरूको सर्वसम्मतीबाट जे निर्णय हुन्छ त्यो नै अन्तिम निर्णय हुनेगरी १२ जनालाई एक कोठामा छलफलका निम्ति छाडिन्छ।



१२ जनाको विचारको बीचमा भएको संघर्षको कथा हो, १२ दुर्वासा।

रेग्नाल्ड रोजको मूलकथा रहेको ‘१२ एंग्री म्यान’को नेपाली रुपान्तरण सुरेश सापकोटाले गरेका हुन्।

Copy link
Powered by Social Snap