२०८० चैत्र १५

आइएमई दशैं अफर




आइएमईले दशैं, तिहार र छठ जस्ता चाडपर्वहरूका अवसरमा सेवाग्राहीमुखी दशैं अफर सार्वजनिक गरेको छ।

अफर अनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल फोन उपहार स्वरूप प्रदान गरिनेछ। 

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिने कम्पनीले बताएको छ। 



Advertisement



त्यस्तै, अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ।

बुधबार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत उक्त अफर सार्वजनिक गरिएको हो। 

अफर सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

अफर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताए। 



कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित छ। 

कम्पनीका अनुसार उक्त अफर भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म कुल ९ हप्ता अर्थात् ६३ दिन कायम हुनेछ।

अफरका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिने र भने नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडियामार्फत सार्वजनिक गरिने कम्पनीले बताएको छ।

Copy link
Powered by Social Snap