२०८२ चैत्र २

Tag: SYM NETWORK

खेलबिनाका स्कुल! : विजयमणि पौडेल

खेलबिनाका स्कुल! : विजयमणि पौडेल

विचार, विचार
करिब डेढ दशकअगाडि त्रिचन्द्र कलेजमा बिएससी पहिलो वर्षको विद्यार्थी थिएँ। बिहान साढे ६ बजे फिजिक्स (भौतिक विज्ञान) को कक्षा सुरू हुन्थ्यो। कलेजको गेट सवा ६ मा मात्र खुल्थ्यो। सार्वजनिक यातायातमा खाँदिएर यात्रा गर्दै कलेजको गेटमा पुग्दा सहपाठीहरूको भीड हुन्थ्यो।  जब गेट खुल्थ्यो, सरस्वती सदनको छेउबाट हामी दौडेर फिजिक्स क्लासतिर लाग्थ्यौं। कक्षाकोठामा सिट पाउने आशामा अन्धाधुन्ध दौडिने क्रममा कति साथीहरू बाटोमा लडेर घाइते हुन्थ्यौं। एउटा कोठामा डेढ सयभन्दा बढी विद्यार्थी हुन्थे। दौडिन अब्बलहरूले अगाडिको सिट पाउँथे। दौडिन नसक्नेहरू पछाडि पुग्थे। कि त उनीहरू उभिनु पर्थ्यो। कक्षामा प्राध्यापकले बोलेको सुन्न मुश्किल हुन्थ्यो। पछाडिबाट बोर्डमा लेखिएको अक्षर राम्रोसँग देखिँदैन थियो। एउटा कक्षामा खाँदिएर यति धेरै विद्यार्थी हुँदा बेलाबेला निस्सासिएको अनुभव हुन्...
आफ्नै शर्तमा जीवन र राजनीति भोगेका प्रदीप गिरि : प्रशन्न पोखरेल

आफ्नै शर्तमा जीवन र राजनीति भोगेका प्रदीप गिरि : प्रशन्न पोखरेल

विचार, विचार
नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार निधन भएको छ। उनको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गहिरो दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा गिरिको निधनप्रति नेपाली कांग्रेसका नेता/कार्यकर्ताले मात्र होइन, अरू विभिन्न दल नेता/कार्यकर्तासहित राजनीतिमा रूचि नभएकाहरूले पनि श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। ७५ वर्ष बाँचेका गिरिले आफ्नो राजनीति, समाजवादको चिन्तन र सोहीअनुसारको व्यवहारले समकालीन नेपाली नेताहरूमध्ये पृथक छवि बनाएका थिए। त्यसैले उनी एक हिसाबले सर्वस्वीकार्य थिए। उनीमात्र कांग्रेसका यस्ता नेता थिए, जसले कम्युनिष्टहरूलाई मार्क्स र लेनिनबारे पढाउँथे। गिरिले जे पढे र सार्वजनिक रूपमा जे बोले व्यावहारिक जीवनमा पनि त्यही लागू गर्न प्रयत्न ...
राष्ट्रपतिले कुन कुन दुई विधेयक प्रमाणीकरण गरिन?

राष्ट्रपतिले कुन कुन दुई विधेयक प्रमाणीकरण गरिन?

देश, राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।  यी दुबै विधेयक संसदका दुबै सदनबाट पारित भएर केही दिनअघि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवास पठाइएको थियो।  ...
दाङमा हेलिकप्टर हेर्दै पाइलट बन्ने सपना देख्थे, अहिले ओमनमा पढाउँछन् ‘एभिएसन’

दाङमा हेलिकप्टर हेर्दै पाइलट बन्ने सपना देख्थे, अहिले ओमनमा पढाउँछन् ‘एभिएसन’

SYM शुद्ध सकारात्मकता
महोत्तरीका विकल झा ओमनमा 'एभिएसन' अर्थात 'उड्डयन' पढाउँछन्। सिम्रिक एअर र सौर्य एअरमा एक–एक वर्ष काम गरेपछि उनी दक्षिण–पश्चिम एसियाको अरबी मुलुक ओमन पुगेका हुन्।  सात वर्षअघि, सन् २०१५ सेप्टेम्बरमा ओमन पुगेका उनी त्यहाँको 'मोर्डन कलेज अफ बिजनेस एन्ड साइन्स' मा 'एभिएसन म्यानेजमेन्ट' पढाउँछन्। 'सौर्यमा काम थालेको एक वर्ष भएको थियो, ओमनबाट अवसर आयो,' ओमन यात्राबारे उनले भने, 'त्यहाँ एभिएसनको ठूलो हब छ। हामीसँग एभिएसनका तीन सयदेखि चार सय जनासम्म विद्यार्थी हुन्छन्।'  विकलका अनुसार उनले सात वर्षमा पाइलट र एभिएसनका विद्यार्थी गरेर पाँच सय जनाभन्दा बढीलाई पढाएका र सिकाएका छन्। पाइलटले गर्नै पर्ने एउटा कोर्स हुन्छ, त्यो पनि पढाउँछन्। अनि नर्मल फ्रेस ग्राजुएट ब्याचलर इन एभिएसन म्यानेजमेन्टका साथै पाइलट र इञ्जिनियरहरूका लागि क्रु रिसोर्स म्यानेजमेन्ट (...
दुई कार्यकाल सांसद भइसकेका सबैलाई बिदा गरौं : मोहन तिम्सिना

दुई कार्यकाल सांसद भइसकेका सबैलाई बिदा गरौं : मोहन तिम्सिना

विचार, विचार
फेरि चुनाव आयो । संघीय संसद र प्रदेश संसदको चुनाव आगामी मंसिर ४ गते सम्पन्न हुनेछ । नेपाली समाजको विरोधाभास के हो भने यसले पूरै पाँच वर्ष नेतालाई गाली गर्दछ । चुनावको दिन फेरि गाली गरेका तिनै नेतालाई जिताउँछ । अनि फेरि आफैंले जिताएर पठाएका नेतालाई गाली गर्ने उपक्रम सुरु हुन्छ । यो गोलचक्कर विगत तीन दशकदेखि चलिरहेको छ । यद्यपि, यसपालिको चुनाव रोचक हुनेवाला छ । खाईपाई आएका नेता विरुद्ध स्वतन्त्र उम्मेदवारीको ठूलै लहर आउने संकेत देखिंदैछ । धरान र काठमाडौंको स्थानीय चुनाव परिणामले सबैलाई हौस्याएको छ । यसैको प्रभावमा स्वतन्त्रको नाममा पार्टी नै खुल्न थालेका छन् । देशैभर स्वतन्त्र उम्मेदवारीको लहर देखा पर्न थालेको छ । तर यो लहरबाट सन्तुष्ट भइहाल्ने ठाउँ भने छैन । स्वतन्त्र अभियानले खाईपाई आएका नेतालाई चुनौतीसम्म दिन सक्छ, जतिसुकै ठूलो लहर आए पनि यसले देशका समस्या समाधान ...
ज्यानभरि झोला बोकेर चोक-गल्ली डुल्दै बेच्थे, अहिले आफ्नै उद्योगबाट गर्छन् करोडको व्यापार

ज्यानभरि झोला बोकेर चोक-गल्ली डुल्दै बेच्थे, अहिले आफ्नै उद्योगबाट गर्छन् करोडको व्यापार

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
काठमाडौंको मैतीदेवी चोकबाट दक्षिणतर्फको भित्रीबाटो हुँदै घट्टेकुलोतिर करिब साढे दुई सय मिटरजतिमा झोला बेच्ने एउटा निकै ठूलो पसल फेला पर्छ। पसलभित्र खातका खात झोला छन्, थरीथरीका। अग्ला र्‍याकमा महिलाका लागि साना हाते ब्यागदेखि निकै ठूलासम्म सजाएर राखिएका छन्।  यीमध्ये अधिकांश ब्याग स्वदेशी उद्योगका हुन्– शिवाकोटी ब्याग उद्योग। खुद्रा र होलसेल दुवै व्यापार त्यहीँबाट हुन्छ। बाहिर पसल छ, भित्र उद्योग। यहाँ विदेशी ब्रान्डका सुटकेस पनि पाइन्छ। हवाईजहाजमा लामो यात्रा गर्नेका लागि उपयुक्त। उद्योग र पसलका सञ्चालक हुन् सुदर्शन शिवाकोटी। उनले यो उद्योग सुरू गरेको करिब २२ वर्ष भयो। 'हाल वार्षिक सरदर चार करोड रूपैयाँको कारोबार हुन्छ,' सुदर्शनले भने, 'उद्योगमा सोह्र जना श्रमिक छन्। मेसिन २६ वटा छन् तर आजकाल १६ वटा मात्र चलिरहेका छन्।' सुदर्शन ठूलो लगानी ग...
के वाइनले वास्तवमै फाइदा गर्छ ?

के वाइनले वास्तवमै फाइदा गर्छ ?

स्वास्थ्य
काठमाडौं । नेपाली पात्रोमा अब चाडपर्व सुरु भएको छ । तीज, दशैं, त्यसपछि तिहार । चाडपर्वको यो याममा मीठोमसिनो व्यञ्जनसँगै नेपाली समाजले मदिरा पनि उत्तिकै खपत गर्छ । मदिरामा खासै स्वाद नभिजेकाहरु पनि यतिबेला वाइनको चुस्की लिन थालेका छन् । पर्व, उत्सव, जमघटमा वाइनको ग्लास समात्ने जमात बढ्दो छ । यसलाई उनीहरुले ‘सोसल ड्रिंकको रुपमा लिने गरेका छन् । त्यसो त वाइनप्रति हाम्रो समाज त्यति अनुदार छैन, जति अन्य मदिराजन्य पेयप्रति छ । समाजमा व्याप्त धारणा छ, ‘वाइन हार्ड ड्रिंक होइन, वाइनले खासै मात्दैन, वाइनले कुनै हानी गर्दैन, वाइनले मुटुलाई फाइदा गर्छ ।’ तपाईंले गुगलमा गएर खोज्नुभयो भने ‘वाइन पिउनुका फाइदा’ शीर्षकमा थुप्रै सामग्री फेला पार्नुहुनेछ । के वास्तवमै यो सत्य हो ? किनभने चिकित्सकहरुले वाइनलाई पनि अन्य मदिराकै श्रेणीमा राखेका छन् । अन्य मदिराले शरीरमा जे-जस्त...
नेपालमा कोमाकी डिटी ३००० सार्वजनिक, फुल चार्जमा १६० किलोमिटर माइलेज दिने

नेपालमा कोमाकी डिटी ३००० सार्वजनिक, फुल चार्जमा १६० किलोमिटर माइलेज दिने

अर्थतन्त्र, आर्थिक, कभर स्टोरी
यतिबेला नेपाली बजारमा दर्जन बढी अटो कम्पनीहरू विद्युतीय सवारी साधन भित्र्याउँदै छन्। विद्युतीय सवारीप्रति ग्राहकहरूको आकर्षण पनि बढ्दो छ।   नेपाली बजारमा पाइने विभिन्न ब्रान्डमध्ये कोमकीका स्कुटरले पनि राम्रो स्थान पाइरहेको छ। कम्पनीले हाल दर्जन बढी मोडलको स्कुटर तथा विद्युतीय सवारी साधन बजारमा उपलब्ध गराउँदै छ। नेपालका लागि कोमाकी विद्युतीय स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्न प्रालि हो।  कम्पनीले हालै बजारमा डिटी ३००० बजारमा सार्वजनिक गरेको छ। भारतीय बजारमा यो स्कुटर गत जेठमा सार्वनिक भएको हो। कम्पनीले डिटी ३००० हाइ स्पीड सेग्मेन्टअन्तर्गत सार्वजनिक गरेको हो। यसमा ६२ भोल्ट ५२ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ।  यो स्कुटरलाई जम्मा ४ देखि ५ घण्टामा पूरा चार्ज गर्न सकिन्छ। यसमा जडित ब्याट्रीले एक पटकको पूर...
उपहार पाएको ‘ग्लो-जार’ ले बनायो व्यवसायी

उपहार पाएको ‘ग्लो-जार’ ले बनायो व्यवसायी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
ललितपुरकी मिता कँडेललाई आफ्नो २१ औं जन्मदिन विशेष लाग्छ। उनले एक जना मिल्ने साथीबाट 'ग्लो-जार' (चम्किलो पारदर्शी बट्टा) उपहार पाएकी थिइन्। त्यसमा मितालाई मनपर्ने सांगीतिक ब्यान्डको चित्र थियो। मितालाई सानैदेखि घरमै भएका सरसामान पुनः प्रयोग गरेर नयाँ सामान बनाउनमा विशेष रूचि छ। यस्तो कामलाई अंग्रेजीमा 'डिआइवाई' भनेर पनि चिनिन्छ जसको पूरा रूप 'डु इट योरसेल्फ' हो। उपहारमा पाएको ग्लो-जार देखेपछि मितालाई पनि यस्तो आफैं बनाउन सक्छु कि भन्ने भयो। साथीले पनि सहमति जनाउँदै उनलाई हौस्याए। 'साथीले दिएको उपहार साह्रै राम्रो थियो। म आफैंले पनि त्यस्तै बनाउन सक्छु कि भनेर प्रयास गरेँ,' अहिले २४ वर्ष लागेकी मिता भन्छिन्, 'पहिलो जार मेरो जिज्ञासा र कौतुहलतासँगै तयार भयो।' ग्लो-जार हेर्दा जति सुन्दर र साधारण देखिन्छ, बनाउन उत्तिकै मेहनत पर्छ...
के छन् क्वाँटी खानुका फाइदा ?

के छन् क्वाँटी खानुका फाइदा ?

स्वास्थ्य
काठमाडौं । जनैपूर्णिमाको दिन टुसा उम्रिएको गेडागुडीबाट बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी यस पर्वको खास खानेकुरा हो । धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ र टुसा उम्रपछि त्यसलाई क्वाँटी बनाइन्छ । क्वाँटी पोषणको हिसाबले पनि फाइदाजनक हुने पोषणविद्हरू बताउँछन् । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर कम्तीमा पनि नौ प्रकारको गेडागुडी मिसाएपछि क्वाँटी बन्छ । क्वाँटी खानुका फाइदा के के छन् ? कति मात्रामा खाने ? लगायतका विषयमा पोषणविद् आरेम कार्की यस्तो भन्छन् : आरेम कार्की क्वाँटी किन खाने ? जनैपूर्णिमामा टुसा उमारिएको क्वाँटी खाने जुन चलन छ, त्यो एकदमै राम्रो चलन हो । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्त्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्त्व खानेकुराको माध्यमबाट प्राप्त हुने हो । त्यसैले ...