२०८१ बैशाख ७

नेपालमा कोमाकी डिटी ३००० सार्वजनिक, फुल चार्जमा १६० किलोमिटर माइलेज दिने




यतिबेला नेपाली बजारमा दर्जन बढी अटो कम्पनीहरू विद्युतीय सवारी साधन भित्र्याउँदै छन्। विद्युतीय सवारीप्रति ग्राहकहरूको आकर्षण पनि बढ्दो छ।  

नेपाली बजारमा पाइने विभिन्न ब्रान्डमध्ये कोमकीका स्कुटरले पनि राम्रो स्थान पाइरहेको छ। कम्पनीले हाल दर्जन बढी मोडलको स्कुटर तथा विद्युतीय सवारी साधन बजारमा उपलब्ध गराउँदै छ। नेपालका लागि कोमाकी विद्युतीय स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्न प्रालि हो। 



Advertisement



कम्पनीले हालै बजारमा डिटी ३००० बजारमा सार्वजनिक गरेको छ। भारतीय बजारमा यो स्कुटर गत जेठमा सार्वनिक भएको हो।

कम्पनीले डिटी ३००० हाइ स्पीड सेग्मेन्टअन्तर्गत सार्वजनिक गरेको हो। यसमा ६२ भोल्ट ५२ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ। 

यो स्कुटरलाई जम्मा ४ देखि ५ घण्टामा पूरा चार्ज गर्न सकिन्छ। यसमा जडित ब्याट्रीले एक पटकको पूरा चार्जमा १४० किलोमिटरदेखि १६० किलोमिटरको माइलेज दिने कम्पनीको भनाइ छ। यसको टप स्पीड भने प्रतिघन्टा ८० किलोमिटरको छ। 

कोमाकी डिटी ३००० मा मल्टिपल सेन्सर, सेल्फ डायग्नोस इन्स्ट्रुमेन्ट, एन्टी थेफ्ट लक, युएसबी पोर्ट, इमर्जेन्सी रिप्यर स्विच, डिस्क ब्रेकलगालयत विशेषताहरू पाइन्छ। 

हालै सार्वजनिक यो स्कुटर खरिद गर्ने पहिलो २० जना ग्राहकहरूलाई कम्पनीले १४ हजार रुपैयाँ छुट दिने बताएको छ। यसबाहेक स्कुटर खरिदमा स्कुटर छोप्न कभर र एउटा हेलमेट पनि निःशुल्क उपलब्ध गराइने छ। 

नेपाली बजारमा यो कालो, निलो, रातो र ग्रे गरी चार विभिन्न रंग विकल्पमा उपलब्ध छ। कम्पनीले कोमाकी डिटी ३००० को सुरुवाती बजार मूल्य दुई लाख ६९ हजार रुपैयाँ तोकेको छ।

Copy link
Powered by Social Snap