२०८१ बैशाख ११

‘हेयर एण्ड शान्ति’ हेटौंडामा पनि




काठमाडौं । हेयर एण्ड शान्ति युनिसेक्स सलुनले हेटौंडाको भाटभटेनी सुपरस्टोरमा नयाँ शाखा खोलेको छ ।

नेपालमा काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्तिका आउटलेट अहिले दरबारमार्ग, ठमेल, जावलाखेल, टंगाल र बानेश्वरमा सञ्चालित छन् ।



Advertisement



उपत्यकाबाहिर हेयर एण्ड शान्तिले नारायणगढपछि हेटौंडामा शाखा सञ्चालनमा ल्याएको सञ्चालिका अनुजा श्रेष्ठले बताइन् । गुणस्तरीय र दक्ष जनशक्तिबाट कपाल र सौन्दर्य सम्बन्धी सेवा दिंदै आएको हेयर एण्ड शान्तिले छोटो समयमा नै ग्राहकको मन जित्दै गएको उनले बताइन् ।

‘उच्चतम उपकरण र उत्पादनको प्रयोग गरेर गुणस्तरीय सेवा दिइने भएकाले छोटो समयमै हेयर एण्ड शान्तिले ग्राहकहरुको मन जित्न सफल भएको हो,’ श्रेष्ठ भन्छिन् ।



हेयर एण्ड शान्तिले कपालको सम्पूर्ण साजसज्जादेखि केराटिन, स्किन केयर, मेनिक्योर-पेडिक्योर लगायत सेवा दिइरहेको छ ।

सन् २००१ मा भारतको राजधानी नयाँ दिल्लीबाट सुरु भएको ‘हेयर एण्ड शान्ति’का भारतमा १२ वटा आउटलेट सञ्चालित छन् ।

Copy link
Powered by Social Snap