उद्योगले भरिए भैरहवा र सिमरा सेज, के–के छन् सुविधा?
भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण रूपमा सञ्चालनमा आएको छ। दुवै सेजका सबै प्लट उद्योगले भरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए।
'अहिले दुवै सेजको प्लट सबै अकुपाई भइसक्यो,' उनले भने, 'एक वर्ष भित्रमा उनीहरूले उत्पादन सुरू गर्छन्।'
५२ विगाह क्षेत्रफलमा फैलिएको भैरहवा सेजमा ६९ वटा प्लट छन्। जसमा १० अर्ब २१ करोड रूपैयाँ लगानीको ३२ वटा उद्योग सञ्चालन हुने भएका छन्।
यस सेजमा एउटा प्लट ६ हजारदेखि १२ हजार वर्ग मिटरका छन्।
ती उद्योगले कुल ११ अर्ब रूपैयाँ बरारबरको निर्यात गर्ने जनाएको प्राधिकरणका कार्यकारी निर्देशक भट्टले जानकारी दिए। त्यसमध्ये भाडा–वर्तनका लागि २० करोड रुपैयाँ वैदेशिक लगानी आएको छ।
सेजमा सञ्चालित उद्योगले तीन हजारभन्दा बढीलाई रोजगारी दिने बताइएको छ।
...









