जहाँ १११ थरी चिया पाइन्छ
गाउँभरी हल्ला फैलिएछ, 'अश्विनीले चिया पसल खोल्यो रे!'
'राम्रै लेख्थ्यो। विचरा! काठमाडौंमा बाँच्न चिया पसलै चलाउनुपरेछ।'
गाउँकै एक काका काठमाडौं आएको बेला अश्विनी कोइरालालाई फोन गरेर भेट्न अनुरोध गरेछन्। उनले 'चियापान' बोलाए।
अश्विनीले काकालाई 'पर्ल ह्वाइट टी' पियाउँदै थिए। चिया पिउँदै गर्दा सोधेछन्, 'खोई त, तेरो चिया पसल भन्या?'
चियापसल भनिए पनि सहरका 'स्ट्यान्डर्ड मानिने' रेष्टुरेन्टको जस्तो साजसज्जा, चमकधमक देखेपछि काकाले पत्याएनन्। जब अश्विनीले काकाका लागि दूध चिया मगाए, तब छक्क परेछन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेट नम्बर ३ अगाडि खुलेको यो 'चियापान'मा न मःम पाइन्छ, न चाउमिन। रक्सीको त कुरै छोडौं, यहाँको मेनुमा 'कोल्ड ड्रिंक्स' नामले परिचित कोक, फ्यान्टा, पेप्सीजस्ता पेय पदार्थसमेत छैनन्।
मात्र पाइन्छ, चिया, १११ थरी।चिया– आमनेपालीको बुझाइमा...









