भारत: केरलामा ४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति सहयोग माग्नेहरूबाट ‘दिक्क’
एक जना भारतीय चिट्ठा विजेताले आफूलाई अभूतपूर्व रूपमा आर्थिक सहयोगको अनुरोध आएकाले चिट्ठा जितेकोमा पश्चात्ताप भइरहेको बताएका छन्।
दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपैयाँको चिट्ठा सेप्टेम्बरको सुरुमा जितेका थिए।
तर त्यसको एक हप्तापछि उनले एउटा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो परिवार र आफूलाई दुख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे।
"मैले नजितेको भए हुन्थ्यो," उनले भने, "बरु तृतीय पुरस्कार शायद राम्रो हुन्थ्यो।"
अनुपले उक्त भिडिओमा व्यापक रूपमा सर्वसाधारणको ध्यान आफूमा परिरहेकाले त्यसबाट जोगिन बसाइँ सर्ने योजना बनाएको बताएका छन्।
उक्त चिट्ठा जितेपछि उनी राष्ट्रिय खबरहरूमा छाएका थिए। त्यो राज्यको इतिहासमा सबैभन्दा ठूलो धनराशिको चिट्ठा थियो।
अनुप के भन्छन्?
उनले १७ सेप्टेम्बरमा टिकट खरिद गरेका थिए। त...









