पलिनाले ५ हजारमा थालेको ‘बोजु स्टोर’, अहिले मासिक साढे तीन लाखको कारोबार
भटमासको किनेमा चाहियो कि, फिलिंगेको अचार! याङबेनको परिकार बनाएर पो खाने कि!
पहाडको घिउ र मह त मननपर्ने कुरै भएन। आलु, दाल, सुकुटी, चियापत्ती पनि चाहिन्छ?
चामलमा मार्सी, कालो र बेलगुटी खाने भए पनि पाइन्छ। पिठो, छुर्पी, मर्चा, सिलामको छोप किन्दा पनि भयो। फलफूल र तरकारी त नपाइने कुरै भएन। मासुका अचार नै बाह्र किसिमका!
यस्ता धेरै खाद्य सामग्री किन्न पाइन्छ 'बोजु स्टोर' मा।
बोजु स्टोर चलाउँछिन् २६ वर्षीया पलिना राई। उनले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्मका नेपाली उत्पादन आफ्नो पसलमा राखेकी छन्। पूर्वको ताप्लेजुङ, इलाम, झापा, भोजपुर, तेह्रथुमदेखि पश्चिमको हुम्ला, जुम्ला, कालिकोट, डोल्पासम्मका विशेष उब्जनी उपलब्ध छ।
'यहाँ सबै अर्गानिक र रैथाने उपज पाइन्छ,' पलिनाले भनिन्।
बोजु स्टोर स्थापना भएको दुई वर्ष भयो। पलिनाले किराती खाना किनेमा,...









