२०८१ बैशाख ७

नयाँ कम्पनीको कागजात बनाउन नबिल इन्भेष्टमेन्टले परामर्श सेवा दिने




काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैकिंगले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी मार्केट र ब्रोकर स्थापना गर्नको लागि आवश्यक पर्ने कागजात बनाउन परामर्श सेवा उपलब्ध गराउने भएको छ । धितोपत्र बोर्ड असोज २ गते सार्वजनिक सुचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी मार्केटको लागि नयाँ लाइसेन्स दिन लागेपछि नविल बैंकिङले सो प्रकारको परामर्श सेवा दिन लागेको हो ।



वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको अनुमति प्राप्त गर्न वा धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति तथा धितोपत्र बजार सञ्चालनका लागि संङ्गठित संस्था स्थापना गर्ने सिफारिसका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने भएकोले निवेदन दिनु पूर्व आवश्यक पर्ने सम्पूर्ण कागजातहरू तयार पार्ने सेवा दिन लागिएको कम्पनीले जानकारी दिएको छ ।



नविल इन्भेष्टमेन्ट बैंकिङले कम्पनीको व्यवसायिक योजना, सम्भाव्यता अध्ययन प्रतिवेदन जस्ता कागजात तयारीका लागि पूर्ण सहयोग गर्ने जानकारी दिएको हो । आफ्नो संस्थागत परापर्श सेवा अन्तर्गत सञ्चालन गर्ने धितोपत्र व्यवसायको किसिम अनुसारको सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रक्षेपित वित्तीय विवरण, व्यवसायिक योजना, कार्य प्रणाली सम्बन्धि विवरण, जनशक्ति व्यवस्थापन निर्देशिका सहितका अन्य आवश्यक कागजातहरू तयार गरिदिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । 
 

Copy link
Powered by Social Snap