२०८० चैत्र १५

खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक




खल्तीले मेटलाईफ इन्स्योरेन्सको बीमा प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि अफर उपलब्ध गराएको छ । यस अफरअनुसार प्रयोगकर्ताहरूले  एक हजारसम्मको क्यास ब्याक प्राप्त गर्नेछन् ।



Advertisement



साथै दुई भाग्यशाली विजेताले अक्टोबरदेखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्ट ब्याण्ड पनि प्राप्त गर्ने छन् । यो अफर डिसेम्बर ३१ सम्म लागु हुनेछ ।

प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, खल्तीमार्फत आउने क्यास ब्याक​ प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् ।



यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने भएकाले भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको बताए ।

Copy link
Powered by Social Snap