जसको अद्भूत क्षमता देखेर बेलायती प्राध्यापकहरू चकित खाए, हेर्नुहोस् युट्युबमा
त्यो बेला समुद्र तरेर जानु राम्रो मानिन्थेन। विदेशिँदा समाजले अस्वीकार नै गर्थ्यो। त्यसमाथि बेलायतले भारतमाथि शासन गरिरहेकै बेला थियो।
त्यस्तो परिवेशमा मद्रासका ब्राह्मण श्रीनिवास रामनुजनले यी सबै घेरा नाघ्ने हिम्मत गर्लान्?
यो कथा बीसौं शताब्दीतिरको हो।
रामानुजन एक गरिब परिवारका युवा हुन्, कामको खोजीमा भौंतारिरहेका छन्। कुनै औपचारिक डिग्री नभएका उनी कार्यालयहरूमा काम गर्न चाहन्छन्। आफूले बनाएका केही नोट र टिपोट नै उनको प्रमाणपत्र हो।
ती कागजात हेरेर कतिले उनको तारिफ पनि गर्छन्। तर जागिर कसैले दिँदैनन्। कमाइ नभएकै कारण उनले भर्खरै बिहे गरेकी श्रीमतीलाई आफूसँग राख्न सकेका छैनन्।
दिनरात भौंतारिरहेका बेला एक दिन उनी एक ठाउँमा पुगेर अडिन्छन्। त्यहाँका हाकिमले उनलाई काम दिन्छन्। उनी रामानुजनको काम देखेर प्रभावित हुन्छन्।&n...









