अब सत्ता सञ्चालनमा कस्ता पात्र पठाउने ? : विन्दुकान्त घिमिरे
हाम्रो देशले राणाशासनबाट र छिमेकी मुलुक भारतले अंग्रेज उपनिवेशबाट मुक्ति पाएको कालखण्ड एउटै थियो। त्यही कालखण्डमा उत्तरको छिमेकी देश चीनमा युगान्तकारी राजनीतिक परिवर्तन भएको थियो।
त्यतिबेला नेपाली जनताको आयस्तर र छिमेकी चीन तथा भारतका जनताको आयस्तरमा खासै ठूलो भिन्नता थिएन। देशको आर्थिकस्तर पनि उस्तै–उस्तै थियो। तर सात दशकपछि अर्थात् अहिलेको अवस्था हेर्ने हो भने छिमेकी चीन र भारतसँग तुलना नै गर्न नसकिने आर्थिक अवस्थामा हामी छौं। यसको मुख्य कारण हो, नेपालको राजनीतिक अस्थिरता।
लोकतान्त्रिक गणतन्त्रमार्फत छिमेकी मुलुक भारतमा राजनीतिक स्थिरता कायम भयो भने चीनले जनवादी गणतन्त्रमार्फत राजनीतिक स्थिरता दियो। तर हामीले भने कस्तो राजनीतिक व्यवस्था स्थापना गर्ने ? भन्ने संघर्षमै ७० वर्ष गुजार्यौं। आखिर राजनीतिक शासन व्यवस्था भनेको साध्य नभएर साधन रहेछ भन्ने उदाहरण हाम्रै दुई छिमेकी...









