२०८३ असार १४

खेलकुद

नेपाल जोर्डनसँग पराजित

नेपाल जोर्डनसँग पराजित

खेलकुद, देश
काठमाडौं । सन् २०२२ को विश्वकप छनोट र एसिया कप २०२३ को अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।  सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो । जावेर अल आहमद स्टेडियममा भएको खेलमा जोर्डनलाई जित दिलाउन बाहा फेजलले दुई गोल गरे । त्यस्तै एजान अल अरबले एक गोल गरे । खेलमा पहिलो हाफमा १–० गोलले पछि भएको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।  Advertisement जोर्डनका लागि खेलको २४ औं मिनेटमा बाहा फेजलले पेनाल्टीमार्फत गोल गर्दै जोर्डनलाई अग्रता दिलएका थिए । ४९ मा फेजलले गोल गर्दै जोर्डनको अग्रता दोब्बर बनाए । खेलको ६७ औँ मिनेटमा अल अरबले गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाएका थिए । नेपाल पहिलो लेगमा पनि ३–० गोलले पराजित भएको थियो ।  जितसँगै जोर्डनले समूह ‘बी’को दोस्रो स्थानमा आफूलाई स्थापित गर...
यस्तो छ जोर्डनविरुद्ध नेपालको सुरुवाती–११

यस्तो छ जोर्डनविरुद्ध नेपालको सुरुवाती–११

खेलकुद
काठमाडौं । नेपालले जोर्डनविरुद्ध डिफेन्सिभ सेट उतार्ने भएको छ । जोर्डनविरुद्धको खेलमा प्रमुख प्रशिक्षक अब्दुल्हा अल्मुताइरीले किरण कुमार राईको कप्तानीमा ४–३–३ को फर्मेसनमा टिम उतारेका छन् । Advertisement नेपाल र जोर्डानबीचको खेल नेपाली समय अनुसार ९ः४५ मा सुरु हुनेछ । आजको खेलमा सहज नतिजा निकाल्ने योजनामा रहेको छ ।  तुलनात्मक रूपमा नेपाल जोर्डानभन्दा कमजोर टोली हो । नेपाल आफ्नो पहिलो लेगमा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।  यस्तो छ नेपालको पहिलो ११ःगोलरक्षक : किरण चेमजोङडिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्यालमिडफिल्डर : पुजन उपकोटी, सन्तोष तामाङ, सुमन लामाफर्वार्ड : अभिषेक रिजाल, अन्जान विष्ट । ...
विश्वकप छनोट : ब्राजिलको लगातार पाँचौ जित

विश्वकप छनोट : ब्राजिलको लगातार पाँचौ जित

खेलकुद
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकन छनोटमा ब्राजिलको उत्कृष्ट प्रदर्शन जारी छ। लगातार पाँचौ खेलमा जित हात पार्ने क्रममा ब्राजिलले शनिबार विहान सकिएको खेलमा इक्वेइडरलाई २-० गोलले पराजित गर्‍यो। Advertisement ब्राजिलको जितमा रिचार्लीसनले खेलको ६५ मिनेटमा पहिलो गोल गरेका थिए। नेइमारले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गर्न सफल भए। दक्षिण अमेरिकन छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोड्न सफल भयो। दोस्रो स्थानको अर्जेन्टिनाको पाँच खेलबाट ११ अंक छ। अर्जेन्टिनाले तीन खेलमा जित निकाल्दा दुई खेलमा बराबरी खेलेको छ। तेस्रो स्थानको इक्वेइडरको ९ अंक छ। चौथो स्थानको पाराग्वे र पाँचौ स्थानको उरुग्वेको समान ७-७ अंक छ।   ...
एसियन कपको तेस्रो चरण पुग्न नेपालका लागि ताइपेईविरुद्धको खेल महत्वपूर्ण

एसियन कपको तेस्रो चरण पुग्न नेपालका लागि ताइपेईविरुद्धको खेल महत्वपूर्ण

खेलकुद
फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको छनोटका बाँकी तीन खेलको अन्तिम तयारी नेपालले कुवेत सिटीमा गरिरहेको छ।  कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेल्न लागेको नेपालको लक्ष्य एसियन कपको तेस्रो चरणमा सिधै पुग्ने रहेको छ। Advertisement समूह 'बी' को चौथो स्थानमा रहेको नेपालका लागि शीर्ष तीनमा पर्न कठिन छ।  १२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५-५ खेल खेल्दा समान १०-१० अंक जोडेका छन्। दुवै टिम अस्ट्रेलियासँग पराजित हुँदा एकअर्काविरुद्ध गोलरहित बराबरीमा रोकिएका थिए।  नेपाल ३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका पाँचै खेलमा हार बेहोरेकाले अं...
कोपा अमेरिका ब्राजिलमा हुने

कोपा अमेरिका ब्राजिलमा हुने

खेलकुद
यो वर्ष हुने तय ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता ब्राजिलमा हुने भएको छ।  दक्षिण अमेरिकी फुटबल महासंघले सोमबार ब्राजिलमा कोपा अमेरिका आयोजना गर्ने निर्णय गरेको हो। यस वर्षको कोपा अमेरिका आगामी १३ जुन देखि १० जुलाईसम्म हुने तय छ।  Advertisement यसअघि सन् २०१९ मा भएको  कोपा अमेरिका पनि ब्राजिलमै भएको थियो। त्यतिबेला ब्राजिलले फाइनलमा पेरूलाई पराजित गर्दै उपाधि जितेको थियो। अर्जेन्टिना तेस्रो र चिली चौथो बनेका थिए। यसअघि महासंघले अर्जेन्टिनामा हुने कोपा त्यहाँ नगर्ने निर्णय गरेको थियो। अर्जेन्टिनामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यहाँ कोपा अमेरिका नगर्ने महासंघको भनाइ थियो।  अर्जेन्टिनामा अहिले दैनीक ३४ हजार भन्दा बढीलाई कोरोना संक्रमण हुने गरेको छ। पछिल्लो १४ दिनमा कोरोना संक्रमण दर बढिरहेकाले कोपा अर्जेन्टिनाबाट स...
विश्वकप छनोट : समूह ‘ए’का खेल चीनमा नहुने

विश्वकप छनोट : समूह ‘ए’का खेल चीनमा नहुने

खेलकुद
एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप तथा एसियन कप छनोटको समूह ‘ए’ का बाँकी खेल चीनमा नगर्ने निर्णय गरेको छ। यसअघि एएफसीले सेन्ट्रेल भेन्यूको रूपमा समूह ‘ए’ का खेल चीनमा गर्ने निर्णय  गरेको थियो। Advertisement तर कोरोना भाइरसका कारण लगाइएको भ्रमण प्रतिबन्धका लागि चीन पुग्नका समूहका टिमलाई कठिनाइ उत्पन्न भएको छ। जसका कारण एएफसीले छनोटका खेल चीनबाट अन्तै सार्ने सोमबार निर्णय गरेको हो।  बाँकी खेल हुने स्थानको टुंगो छिट्टै लगाउने एएफसीको भनाइ छ। एएफसीले चाइनिज फुटबल एसोसिएसनसँग सम्पर्कमा रहेको बताउँदै नयाँ भेन्यूको निर्णय गर्ने जनाउको छ।  समूहका खेल आगामी जुन १५ मा सक्ने उदेश्य रहेको एएफसीको भनाइ छ।  समूह 'ए' को खेलमा चीनले आइतबार घरेलु मैदानमा भएको खेलेको थियो। उसले खेलमा गुआमलाई ७-० गोलले पराजित गरेको थियो। समूहमा चीनसँगै...
नेपाल एसियन कप २०२३ मा यसरी छनोट हुन सक्छ

नेपाल एसियन कप २०२३ मा यसरी छनोट हुन सक्छ

खेलकुद
फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको अन्तिम तीन खेल खेल्न अहिले नेपाली राष्ट्रिय फुटबल टिम कुवेतमा छ।  कोरोना भाइरसका कारण एक वर्ष प्रभावित भएको छनोट चरणका खेल अहिले सेन्ट्रल भेन्यूमा हुन लागेको हो। एसियाली फुटबल महासंघले एक समूहका खेल एक भेन्यूमा मात्र गर्ने निर्णय गरेपछि नेपाल सम्मिलित समूह 'बी' का खेल कुवेतमा हुँदैछ। समूह 'बी' मा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्।  कोरोनाले छनोटका खेल प्रभावित नभएको भए बाँकी तीन वटै खेल नेपालले घरेलु मैदानमा खेल्ने तय थियो। सुरुमा आफ्नै कारणले घरेलु मैदानमा खेल्न नपाएको नेपालले अब कोरोनाका कारण विदेशी भूमीमा खेल्दैछ। दशरथ रंगशालाको पुनर्निर्माण समयमै सम्पन्न नहुँदा नेपालले सुरुवातका होम म्याचलाई पछि सारेको थियो। अझ कुवेतविरुद्धको होम म्याच त नेपालले भुटानमा खेल्नु परे...
विश्वकप छनोटका लागि कुवेत पुग्यो नेपाली टिम

विश्वकप छनोटका लागि कुवेत पुग्यो नेपाली टिम

खेलकुद, देश
फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको प्रतिस्पर्धाका लागि नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ।  समूह 'बी' का बाँकी खेल कुवेतमा हुने भएपछि नेपाली टिम त्यहाँ पुगेको हो।  Advertisement शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टिम स्थालमार्ग हुँदै आइतबार राति कुवेत पुगेको हो। शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाललाई इराकले ६-२ गोलले पराजित गरेको थियो। विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। चार खेलमा नेपाली टिम पराजित भइसकेको छ। नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ। समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ। नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी...
इराकसँग पराजित भएपछि नेपालका प्रशिक्षकले भने- प्रतिक्षा गर्नुहोस् सबै कुरा राम्रो हुनेछ

इराकसँग पराजित भएपछि नेपालका प्रशिक्षकले भने- प्रतिक्षा गर्नुहोस् सबै कुरा राम्रो हुनेछ

खेलकुद
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टिम इराकसँग फराकिलो अन्तरले पराजित भयो। इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल पूर्व एसियन च्याम्पियन इराकसँग ६–२ गोलअन्तरले पराजित भएपछि नेपालका प्रशिक्षकले राम्रो नतिजाका लागि प्रतीक्षा गर्न आग्रह गरेका छन्। Advertisement प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हारे पनि नेपाली टिमका लागि सकारात्मक पक्ष रहेको बताए।  'म हारको लागि जिम्मेवारी लिन्छु। मलाई लाग्छ यो टिमलाई अब समय र धैर्यता चाहिन्छ,' उनले भने, 'हामीले दुई गोल गर्‍यौं। खेलमा ३-१ को अग्रता लिने अवसरको नजिक थियौं। तर यो फुटबल हो र कहिलेकाँही तपाईँले बल गुमाउनुहुन्छ भने सबै कुरा परिवर्तन हुन्छ।' नेपाली टिमको खेल सुधार गर्न खेलाडीहरूलाई थप समय र विश्वास चाहिने उनको भनाइ छ।  'बस् अब प्रतिक्षा गर्नुहोस्। उनीह...
च्याम्पियन्स लिगको उपाधिका लागि म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

च्याम्पियन्स लिगको उपाधिका लागि म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

खेलकुद
सिजनको युरोपियन च्याम्पियन्स लिगको विजेताको टुंगो आज मध्यरातमा लाग्दैछ। लिगको उपाधिका लागि इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ।  Advertisement खेल आज राति पौने एक बजे पोर्चुगलको पोर्टोमा हुँदैछ। खेलमा दर्शकलाई पनि रंगशालामा प्रवेश दिइदैछ। यो सिजन इंग्लिस प्रिमियर लिगको उपाधि जितेको सिटी पहिलो पटक फाइनलमा पुगेको हो। चेल्सीलाई पराजित गर्न सके सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास बनाउनेछ।  चेल्सी सिजन २०११-१२ को च्याम्पियन लिगको विजेता हो। त्यतिबेला चेल्सीले जर्मन क्लब वायर्न म्युनिखलाई पेनाल्टी सुटआउटमा पराजित गरेर उपाधि जितेको थियो।  चेल्सीले सिटीविरुद्ध पछिल्लो पटक खेलेका दुवै खेलमा जित हात पारेको छ।  ...