२०८१ बैशाख २५

खेलकुद

नेपाल एसियन कप २०२३ मा यसरी छनोट हुन सक्छ

नेपाल एसियन कप २०२३ मा यसरी छनोट हुन सक्छ

खेलकुद
फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको अन्तिम तीन खेल खेल्न अहिले नेपाली राष्ट्रिय फुटबल टिम कुवेतमा छ।  कोरोना भाइरसका कारण एक वर्ष प्रभावित भएको छनोट चरणका खेल अहिले सेन्ट्रल भेन्यूमा हुन लागेको हो। एसियाली फुटबल महासंघले एक समूहका खेल एक भेन्यूमा मात्र गर्ने निर्णय गरेपछि नेपाल सम्मिलित समूह 'बी' का खेल कुवेतमा हुँदैछ। समूह 'बी' मा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्।  कोरोनाले छनोटका खेल प्रभावित नभएको भए बाँकी तीन वटै खेल नेपालले घरेलु मैदानमा खेल्ने तय थियो। सुरुमा आफ्नै कारणले घरेलु मैदानमा खेल्न नपाएको नेपालले अब कोरोनाका कारण विदेशी भूमीमा खेल्दैछ। दशरथ रंगशालाको पुनर्निर्माण समयमै सम्पन्न नहुँदा नेपालले सुरुवातका होम म्याचलाई पछि सारेको थियो। अझ कुवेतविरुद्धको होम म्याच त नेपालले भुटानमा खेल्नु परे...
विश्वकप छनोटका लागि कुवेत पुग्यो नेपाली टिम

विश्वकप छनोटका लागि कुवेत पुग्यो नेपाली टिम

खेलकुद, देश
फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको प्रतिस्पर्धाका लागि नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ।  समूह 'बी' का बाँकी खेल कुवेतमा हुने भएपछि नेपाली टिम त्यहाँ पुगेको हो।  Advertisement शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टिम स्थालमार्ग हुँदै आइतबार राति कुवेत पुगेको हो। शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाललाई इराकले ६-२ गोलले पराजित गरेको थियो। विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। चार खेलमा नेपाली टिम पराजित भइसकेको छ। नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ। समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ। नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी...
इराकसँग पराजित भएपछि नेपालका प्रशिक्षकले भने- प्रतिक्षा गर्नुहोस् सबै कुरा राम्रो हुनेछ

इराकसँग पराजित भएपछि नेपालका प्रशिक्षकले भने- प्रतिक्षा गर्नुहोस् सबै कुरा राम्रो हुनेछ

खेलकुद
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टिम इराकसँग फराकिलो अन्तरले पराजित भयो। इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल पूर्व एसियन च्याम्पियन इराकसँग ६–२ गोलअन्तरले पराजित भएपछि नेपालका प्रशिक्षकले राम्रो नतिजाका लागि प्रतीक्षा गर्न आग्रह गरेका छन्। Advertisement प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हारे पनि नेपाली टिमका लागि सकारात्मक पक्ष रहेको बताए।  'म हारको लागि जिम्मेवारी लिन्छु। मलाई लाग्छ यो टिमलाई अब समय र धैर्यता चाहिन्छ,' उनले भने, 'हामीले दुई गोल गर्‍यौं। खेलमा ३-१ को अग्रता लिने अवसरको नजिक थियौं। तर यो फुटबल हो र कहिलेकाँही तपाईँले बल गुमाउनुहुन्छ भने सबै कुरा परिवर्तन हुन्छ।' नेपाली टिमको खेल सुधार गर्न खेलाडीहरूलाई थप समय र विश्वास चाहिने उनको भनाइ छ।  'बस् अब प्रतिक्षा गर्नुहोस्। उनीह...
च्याम्पियन्स लिगको उपाधिका लागि म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

च्याम्पियन्स लिगको उपाधिका लागि म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

खेलकुद
सिजनको युरोपियन च्याम्पियन्स लिगको विजेताको टुंगो आज मध्यरातमा लाग्दैछ। लिगको उपाधिका लागि इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ।  Advertisement खेल आज राति पौने एक बजे पोर्चुगलको पोर्टोमा हुँदैछ। खेलमा दर्शकलाई पनि रंगशालामा प्रवेश दिइदैछ। यो सिजन इंग्लिस प्रिमियर लिगको उपाधि जितेको सिटी पहिलो पटक फाइनलमा पुगेको हो। चेल्सीलाई पराजित गर्न सके सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास बनाउनेछ।  चेल्सी सिजन २०११-१२ को च्याम्पियन लिगको विजेता हो। त्यतिबेला चेल्सीले जर्मन क्लब वायर्न म्युनिखलाई पेनाल्टी सुटआउटमा पराजित गरेर उपाधि जितेको थियो।  चेल्सीले सिटीविरुद्ध पछिल्लो पटक खेलेका दुवै खेलमा जित हात पारेको छ।  ...
नेपालका कप्तान किरण भन्छन्- इराकविरुद्धको खेल हाम्रो लागि ठूलो अवसर हो

नेपालका कप्तान किरण भन्छन्- इराकविरुद्धको खेल हाम्रो लागि ठूलो अवसर हो

खेलकुद, देश
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले एसियाको पूर्व च्याम्पियन इराकविरुद्ध खेल्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताएका छन्।  सन् २००७ को एएफसी एसिया कप च्याम्पियन इराकसँग आगामी शनिबार मैत्रीपूर्ण खेल खेल्नुअघि कप्तान किरणले यस्तो बताएका हुन्।  नेपाल र इराकबीच आगामी शनिबार नेपाली समयअनुसार राति सवा १० बजे इराकको बस्रामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ। 'इराकविरुद्धको मैत्रीपूर्ण खेल हाम्रो लागि ठूलो अवसर हो। त्यसका लागि हामीले राम्रो अभ्यास गरेका छौं,' कप्तान किरणले भने,'हामी इराकविरुद्धको खेलका लागि तयार छौं। यो खेलले आगामी विश्वकप छनोटका लागि हामीलाई फाइदा पुग्छ।' इराक एसियाको फुटबलको पावर हाउस मध्येको एक हो। हाल फिफा वरीयतामा इराक नेपालभन्दा १०३ स्थान माथि छ। Advertisement इराक फिफा विश्व वरीयताम...
टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

खेलकुद, विदेश / एन.आर.एन
टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ। जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरुलाई आगामी जुन १ तारिखबाट खोप लगाउन शुरु गरिने भएको जानकारी दिएको छ। समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आगामी मंगलबारबाट ती प्रतिनिधिहरुलाई खोप लगाइने भएको हो। Advertisement सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ। उनीहरुलाई आगामी मंगबालरबाट टोकियोमा रहेको नेशनस ट्रेनिङ सेन्टरमा खोप दिइने बताइएको छ।  ती प्रतिनिधिहरुलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप दिने जनाएको छ । जापान सरकारले ...
काठमाडौं बन्यो नेपाल सुपर लिग च्याम्पियन

काठमाडौं बन्यो नेपाल सुपर लिग च्याम्पियन

खेलकुद
काठमाडौं रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको छ। शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो। काठमाडौंको जितमा मेसौके ओलुमोउ नायक साविक भए। उनले खेलको २१औं मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए। धनगढीका विशाल राईबाट काठमाडौंका विश्वास श्रेष्ठले बल खोस्दै सटिक पास उपलब्ध गराएका थिए। जुन पासमा मेसौकेले चुकेनन्। प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका उनले आठ गोल गरे। Advertisement पहिलो गोल गरेपछि काठमाडौं आक्रमक बनेको थियो। तर फिनिसिङमा सफल भएन। सुदील राईले खाली पोस्टमा गोल गर्न चुक्दा स्टेफिन बिनोङको फिकिङ बाहिरियो। उपाधि जितेसँगै काठमाडौंले लिग चरण र प्लेअफमा धनगढीसँग भोगेको पराजयको बदला समेत लिन सफल भएको छ।  जितसँगै काठमाडौंले ...
बी डिभिजन लिगमा नयाँबस्ती र टुसालले अंक बाँडे

बी डिभिजन लिगमा नयाँबस्ती र टुसालले अंक बाँडे

खेलकुद, देश, समाचार
१९ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा नयाँबस्ती युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार भएको खेलमा नयाँबस्ती र टुसालले १-१ को बराबरी खेलेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा ३९औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तिलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा टुसालले गोल पर्काए । Advertisement टुसालका एलोन राईले ७१औं मिनेटमा बराबरी गोल गरेका हुन् । बराबरीपछि नयाँ बस्तीले ९ खेलबाट १२ अंक जोडेको छ । नयाँ बस्ती छैटौं स्थानमा छ । समान खेलबाट ९ अंक रहेको टुसाल सातौं स्थानमा छ । Credit: OnlineKhabar ...
भारत १० विकेटले विजयी, सिरिजमा २-१ को अग्रता

भारत १० विकेटले विजयी, सिरिजमा २-१ को अग्रता

खेलकुद, विदेश / एन.आर.एन, समाचार
१३ फागुन, काठमाडौं । भारतले इंग्ल्याण्डलाई तेस्रो टेष्टमा १० विकेटले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । अब भारतले चौथो सेटमा हार टारे वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ । इंग्ल्याण्ड भने फाइनल होडबाट बाहिरिएको छ । अब चौथो टेष्ट इंग्ल्याण्डले जितेमा टेष्टमा २-२ को बराबरी हुनेछ र अष्ट्रेलिया फाइनल पुग्नेछ । न्युजिल्याण्ड यसअघि नै फाइनल पुगिसकेको छ । Advertisement स्पिनर चम्केको यस टेष्टमा भारतले इंग्ल्याण्डले दिएको जम्मा ४९ रनको लक्ष्य विना क्षति ७.४ ओभर खेल्दै गर्दै दोस्रो दिनमै टेष्ट जितेको हो । रोहित शर्माले अविजित २५ रन बनाए । यस्तै शुभमन गिलले अविजित १५ रन योगदान गरे । दोस्रो दिन भारतले ९९/३ बाट खेल अघि बढाएको थियो । इंग्ल्याण्डका कप्तान जोय रुटले ५ विकेट लिएपछि भारत पहिलो इनिङ्समा १४५ रनमा अलआउट भएको थियो र...
मेस्सीको भावुक श्रद्धाञ्जली

मेस्सीको भावुक श्रद्धाञ्जली

खेलकुद
लियोनेल मेस्सीले डिएगो म्याराडोनालाई भावुक श्रदाञ्जली अर्पण गरेका छन् । आइतबार ओसासुनाविरुद्ध गोल गरेपछि मेस्सीले न्यूवेल्स ओल्ड ब्वाइजको जर्सी प्रस्तुत गर्दै मेस्सीले म्याराडोनालाई श्रद्धाञ्जली दिएका हुन् । बुधबार हृदयघातका कारण निधन भएका म्याराडोनाका लागि खेलको शुरुवातअघि एक मिनेट ताली बजाएर सम्मान दिइएको थियो । यसमा पनि मेस्सी निकै भावुक देखिएका थिए । Advertisement ओसासुनाविरुद्ध ४–० को जीत निकाल्ने क्रममा मेस्सीले खेलको ७३ औँ मिनेटमा गोल गर्न सफल भए । यो सिजन ओपन प्लेबाट पहिलो गोल गरेका मेस्सीले त्यसपछि आफ्नो बार्सिलोनाको जर्सी फुकाल्दै म्याराडोनाको सम्मानमा नयूवेल्स ओल्ड ब्वाइजको १० नम्बरको जर्सी प्रस्तुत गरेका थिए । नियमका अनुसार मेस्सीले यसका लागि पहेँलो कार्ड पनि पाए । मेस्सीले बाल्यकालमा न्यूवेल्समा खेलेका थिए भने म्याराडानाले पनि करियरको अ...