२०८१ जेष्ठ ६

च्याम्पियन्स लिगको उपाधिका लागि म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

सिजनको युरोपियन च्याम्पियन्स लिगको विजेताको टुंगो आज मध्यरातमा लाग्दैछ।

लिगको उपाधिका लागि इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ। 


Advertisement


खेल आज राति पौने एक बजे पोर्चुगलको पोर्टोमा हुँदैछ। खेलमा दर्शकलाई पनि रंगशालामा प्रवेश दिइदैछ।

यो सिजन इंग्लिस प्रिमियर लिगको उपाधि जितेको सिटी पहिलो पटक फाइनलमा पुगेको हो। चेल्सीलाई पराजित गर्न सके सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास बनाउनेछ। 

चेल्सी सिजन २०११-१२ को च्याम्पियन लिगको विजेता हो। त्यतिबेला चेल्सीले जर्मन क्लब वायर्न म्युनिखलाई पेनाल्टी सुटआउटमा पराजित गरेर उपाधि जितेको थियो। 

चेल्सीले सिटीविरुद्ध पछिल्लो पटक खेलेका दुवै खेलमा जित हात पारेको छ। 

Copy link
Powered by Social Snap