२०८१ बैशाख २६

कोपा अमेरिका ब्राजिलमा हुने

यो वर्ष हुने तय ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता ब्राजिलमा हुने भएको छ। 

दक्षिण अमेरिकी फुटबल महासंघले सोमबार ब्राजिलमा कोपा अमेरिका आयोजना गर्ने निर्णय गरेको हो।

यस वर्षको कोपा अमेरिका आगामी १३ जुन देखि १० जुलाईसम्म हुने तय छ। 


Advertisement


यसअघि सन् २०१९ मा भएको  कोपा अमेरिका पनि ब्राजिलमै भएको थियो। त्यतिबेला ब्राजिलले फाइनलमा पेरूलाई पराजित गर्दै उपाधि जितेको थियो। अर्जेन्टिना तेस्रो र चिली चौथो बनेका थिए।

यसअघि महासंघले अर्जेन्टिनामा हुने कोपा त्यहाँ नगर्ने निर्णय गरेको थियो। अर्जेन्टिनामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यहाँ कोपा अमेरिका नगर्ने महासंघको भनाइ थियो। 

अर्जेन्टिनामा अहिले दैनीक ३४ हजार भन्दा बढीलाई कोरोना संक्रमण हुने गरेको छ। पछिल्लो १४ दिनमा कोरोना संक्रमण दर बढिरहेकाले कोपा अर्जेन्टिनाबाट सार्नु परेको दक्षिण अमेरिकी फुटबल महासंघले जनाएको छ।

यसअघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियाले संयुक्तरुपमा आयोजना गर्ने तय थियो। तर कोलम्बियामा राजनीतिक आन्दोलन चर्किएपछि कोलम्बियालाई सहआयोजकबाट हटाइएको थियो। 

प्रतियोगिता दुई देशका ९ शहरमा हुने बताइएको थियो। जसमा अर्जेन्टिनाका ५ शहर र कोलम्बियाका ४ शहर रहेका थिए।

यसअघि गत वर्ष आयोजना हुने तय भएको कोपा कोरोनाका कारण एक वर्ष धकेलिएको थियो।

कोपामा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली, पाराग्वे, कोलम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेइडर र पेरुले भाग लिनेछन्।

Copy link
Powered by Social Snap