२०८० चैत्र १५

विश्वकप छनोटका लागि कुवेत पुग्यो नेपाली टिम

फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको प्रतिस्पर्धाका लागि नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ। 

समूह ‘बी’ का बाँकी खेल कुवेतमा हुने भएपछि नेपाली टिम त्यहाँ पुगेको हो। 


Advertisement


शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टिम स्थालमार्ग हुँदै आइतबार राति कुवेत पुगेको हो। शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाललाई इराकले ६-२ गोलले पराजित गरेको थियो।

विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। चार खेलमा नेपाली टिम पराजित भइसकेको छ। नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ।

समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ।

नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ।

नेपालले पहिलो खेल ताइपेईसँग २० जेठमा, दोस्रो खेल जोर्डनसँग २४ जेठ र तेस्रो खेल २८ जेठमा अस्ट्रेलियासँग खेल्नेछ।

छनोटका लागि ताइपेईको टिम पनि आइतबार नै कुवेत पुगेको छ।

नेपालले एसिया कपको तेस्रो चरणमा स्थान बनाउन कम्तिमा चौथो स्थान हात पार्नु पर्नेछ। विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना भने लगभग सकिएको छ।

नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार 
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल
मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी
फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट
 

Copy link
Powered by Social Snap