२०८१ बैशाख १६

खेलकुद

महिला क्रिकेटरको ग्रेडिङमा त्रुटि : खेलाडीको नाममा समेत झुक्कियो क्यान

महिला क्रिकेटरको ग्रेडिङमा त्रुटि : खेलाडीको नाममा समेत झुक्कियो क्यान

खेलकुद
Credit: OnlineKhabar ८ असोज, काठमाडौं । नेपाल क्रिकेट संघले सुखद पहल गर्दै पहिलोपटक महिला क्रिकेटरहरुलाई सेन्ट्रल कन्ट्रयाक्ट (केन्द्रीय सम्झौता) मा समेट्यो, तर यो आलोचनामुक्त बन्न सकेन । राष्ट्रिय टिमबाट खेलिरहेका महिला क्रिकेटरहरुसमेत कन्ट्रयाक्माट छुट्दा क्यानको पहल अलिनो बनेको छ । एउटै नाम भएका खेलाडीहरुलाई लिएर क्यान झुक्किएको हास्यास्पद तथ्यसमेत फेला परेको छ । वर्ष २०१९ मा नेपालको महिला टोलीले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । तीनवटै टी–२० फर्म्याटका थिए । यसमा नेपाली खेलाडीले विश्व कीर्तिमानसमेत बनाए । वर्षको सुरुमा थाइल्याण्ड टी–२० स्म्यास खेलेको नेपालको महिला क्रिकेट टिमले वर्षको अन्तिममा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेको थियो । २०२० को सुरुमै महिला खेलाडीको सेन्ट्रल कन्ट्रयाकको सूची बनेको भए ती प्रतियोगिताहरु खेल्ने सबै खे...
बार्सा छाडेर सुवारेज एथ्लेटिकोमा

बार्सा छाडेर सुवारेज एथ्लेटिकोमा

खेलकुद
साभार: रातोपाटी लुइस सुवारेज बार्सिलोना छाडेर प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिड जाने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेपछि सुवारेज क्लब छाड्न बाध्य बनेका हुन् । यसअघि, सुवारेज युभेन्टस जाने तयारी गरे पनि पासपोर्टको समस्याका कारण उक्त करार बीचैमा तुहिएको थियो । त्यसपछि सुवारेजले एथ्लेटिकोसँग सम्झौता गरेका थिए । यद्यपि, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले उक्त सम्झौतामा अड्को थापेका थिए । किनभने उनी सुवारेज प्रतिद्वन्द्वी क्लबमा गएको चाहँदैन थिए । पछि, सुवारेजका प्रतिनिधिहरुसँगको छलफल पछि उनी सुवारेजलाई एथ्लेटिको जान दिन तयार भएका हुन् । Advertisement एथ्लेटिकोले ३३ वर्षीय उरुग्वेन खेलाडीका लागि मात्र ४० लाख युरो खर्चिनु पर्नेछ । एथ्लेटिकोमा सुवारेजले बार्सिलोनामा कमाइरहेको वार्षिक ३ करोडभन्दा आधा मात्र...

आईपीएल : आरसीबीसँग हैदराबाद १० रनले पराजित

खेलकुद
साभार: रातोपाटी इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले सनराइजर्स हैदराबादलाई १० रनले हराएको छ । आरसीबीले प्रस्तुत गरेको १ सय ६४ लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९.४ ओभरमा १५३ रन बनाउँदै अलआउट हुन पुग्यो । योसँगै विराट कोहली आईपीएलमा कप्तानको रुपमा एक टोलीलाई ५० खेल जिताउने चौथो कप्तान बनेका छन् । यो सूचीमा गौतम गम्भीर, महेन्द्रसिंह धोनी र रोहित शर्माको नाम छ । आरसीबीको जीतमा युजवेन्द्र चहल नायक बने । उनले मात्र १८ रन खर्चेर ३ विकेट लिए । उनले हैदराबादका जोनी ब्रेस्ट्रो र मनीष पान्डेको महत्त्वपूर्ण विकेट लिए । दुवैले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । यो साझेदारी तोड्नु नै खेलको टर्निङ प्वाइन्ट बन्यो । Advertisement १६४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादको शुरुवात खरा...
यु–१६ राष्ट्रिय फुटबल टोलीका कप्तानलाई  मनास्लु वल्र्ड कलेजको छात्रवृत्ति

यु–१६ राष्ट्रिय फुटबल टोलीका कप्तानलाई मनास्लु वल्र्ड कलेजको छात्रवृत्ति

खेलकुद, देश, समाचार
काठमाडौं । नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले प्लस २ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । चुच्चेपाटीस्थित मनास्लुले म्यनेजमेन्ट अध्ययनका लागि जानलाई पूर्ण छात्रबृत्ति प्रदान गरेको हो । मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामा, प्रिन्सिपल राजन श्रेष्ठ र व्यवस्थापक कुमार मोक्तान तथा जानबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसै शैक्षिक सत्रदेखि सुरु भएको मनास्लुमा हाल म्यानेजमेन्टसहित साइन्स, ह्युमिनिटी र लमा पढाईं हुने चेयरम्यान लामाले जनाएका छन् । Advertisement चेयरम्यान लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले अनेक क्षेत्रमा अवसर पाउन सक्छन् भन्ने सन्देश दिन हाल जानबाट यो कदमको सुरुआत गरिएको बताए । उनले इच्छुक भएको खण्डमा यु–१६ का...
फुटबलर एरिक विष्ट कोरोना मुक्त

फुटबलर एरिक विष्ट कोरोना मुक्त

खेलकुद, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी काठमाडौं । विश्वकप फुटबल छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परीक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । १९ दिन लामो आइसोलेसन बसाई पछि गरिएको कोरोना परीक्षण पछि अहिले एरिक विष्ट कोरोनामुक्त भएका छन् ।  सरकारले निषेधाज्ञा जारी गर्नु अगाडि नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेअनसार सुरक्षाका मापदण्ड अपाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो । तर समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो । अभ्यास अगाडि गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडी मध्ये एरिक विष...
पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन केसीलाई कोरोना

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन केसीलाई कोरोना

खेलकुद, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। केसीलाई सोमबार कोरोना भाइरसको संक्रमण भएको हो। सुरुमा दिसामा रगत देखिएपछि उनलाई बयोधा हस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। उपचारअघि उनको कोरोनाको परीक्षण गर्न स्वाब निकालिएको थियो। जसमा उनलाई कोरोना लागेको देखिएको हो। लक्षण नदेखिएका उनी अहिले घरमै आइसोलेसनमा बसेका छन्। अस्पतालले दिएको औषधी भने उनले खाइरहेका छन्। Advertisement उनले सन् १९७३ को एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। फिलिपिन्समा भएको प्रतिस्पर्धामा उनले जितेको सो पदक नेपालले औपचारिक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जितेको पहिलो पदक हो। त्यसअघि उनले नेपालको प्रतिनिधित्व गर्दै उनले सन् १९७२ को म्यूनिख ओलम्पिक्समा राष्ट्रिय झण्डा ब...
त्यो भेट, जसले मेस्सीलाई बार्सिलोना छाड्ने अवस्थामा पुर्‍यायो

त्यो भेट, जसले मेस्सीलाई बार्सिलोना छाड्ने अवस्थामा पुर्‍यायो

खेलकुद
साभार: रातोपाटी अहिले मात्र होइन, लियोनेल मेस्सी र बार्सिलोनाको बोर्डबीच केही समय पहिल्यैदेखि सम्बन्ध राम्रो थिएन । गत जनवरीमा अर्नेस्टो भल्भार्डेको बर्खास्तीपछि स्पोर्टिङ म्यानेजर एरिक एबिदालसँग उनको जुहारी नै चलेको थियो । केही खेलाडीको सम्बन्ध भल्भार्डेसँग राम्रो थिएन,’ एबिदालले नाम नलिई भनेका थिए । ‘नामै नलिइ खेलाडीलाई गाली दिनु राम्रो होइन,’ मेस्सीले जवाफ फर्काएका थिए । अर्थात्, भाल्भार्डेको साटो क्लब सम्हाल्न भएका क्वीके सेटिन ८ महिनामै बर्खास्तीमा परे । मेस्सी क्लब छाड्ने–नछाड्ने दोधारमै थिए । किनकी, २०१४ मा जोसेप मारिया बार्टोमेऊ अध्यक्षमा निर्वाचित भएयता बार्सिलोनाले अन्य क्लबका खेलाडी किन्नका लागि ठूलो धनराशी खर्चिएपनि नेयमारको स्थानमा परिपुर्ति गर्ने खेलाडी भेट्टयाउन सकेको छैन । सन् २०१७ मा नेइमारलाई बार्सिलोनाले विश्व कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेनलाई बे...
क्रिकेटरको तलब १० हजार बढेर आउने, यस्तो छ सम्भावित ग्रेड

क्रिकेटरको तलब १० हजार बढेर आउने, यस्तो छ सम्भावित ग्रेड

खेलकुद
Credit: Online Khabar ७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेट खेलाडीले सन् २०१९ मा पाउने तलमा १० हजार बढेर आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नै  राष्ट्रिय टिमका खेलाडीहरुले तलब दिने गरेको थियो । तर उनीरूले २०१९ देखि तलब पाएका छैनन् । निम्लम्बन फुकुवा भएपछि क्यानले २०१९ मा खेलाडीले पाउने तलबमा १० हजारका दरले बढाएर पठाउन प्रस्ताव गरेको थियो । अब ग्रेडिङमा रहेका हरेक तलहका खेलाडीको १० हजारका दरले बढेर तलब आउने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।  ‘क्यान आइसकेपछि पहिलाको ग्रेडिङको तह अनुसार १०-१० हजार थप्न सिफारिस गरेको हो’ सचिव प्याकुरेलले अनलाइनखबरसँग भने, ‘त्यो बमोजिम हामीले सबै प्रकिया पूरा गरेर पठाइसकेका छौँ । हाम्रो प्रस्ताव स्वीकृत भएको छ र प्रत्येक तहमा १...
England v Pakistan: Chris Woakes and Jos Buttler earn thrilling win

England v Pakistan: Chris Woakes and Jos Buttler earn thrilling win

खेलकुद
Chasing 277 on a snakepit of a pitch, England looked all but beaten at 117-5, only for Woakes and Buttler to counter-attack in a partnership of 139. Buttler was lbw reverse-sweeping Yasir Shah for 75 with 21 still required and the second new ball due. The promoted Stuart Broad took England to within four, which Woakes got from an outside edge to end 84 not out. It was Woakes who said on Friday night that England would draw on their experience on recent unlikely victories, and this latest success follows the drama of the World Cup final and the Headingley Ashes Test. Not only were they second favourites for most of this fourth day, but also after conceding a 107-run first-innings lead after errors in the field, poor tactics and a top-order collapse. They gradua...