नेपालका कप्तान किरण भन्छन्- इराकविरुद्धको खेल हाम्रो लागि ठूलो अवसर हो
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले एसियाको पूर्व च्याम्पियन इराकविरुद्ध खेल्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताएका छन्।
सन् २००७ को एएफसी एसिया कप च्याम्पियन इराकसँग आगामी शनिबार मैत्रीपूर्ण खेल खेल्नुअघि कप्तान किरणले यस्तो बताएका हुन्।
नेपाल र इराकबीच आगामी शनिबार नेपाली समयअनुसार राति सवा १० बजे इराकको बस्रामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ।
'इराकविरुद्धको मैत्रीपूर्ण खेल हाम्रो लागि ठूलो अवसर हो। त्यसका लागि हामीले राम्रो अभ्यास गरेका छौं,' कप्तान किरणले भने,'हामी इराकविरुद्धको खेलका लागि तयार छौं। यो खेलले आगामी विश्वकप छनोटका लागि हामीलाई फाइदा पुग्छ।'
इराक एसियाको फुटबलको पावर हाउस मध्येको एक हो। हाल फिफा वरीयतामा इराक नेपालभन्दा १०३ स्थान माथि छ।
Advertisement
इराक फिफा विश्व वरीयताम...








