२०८१ बैशाख २५

विश्वकप छनोट : समूह ‘ए’का खेल चीनमा नहुने

एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप तथा एसियन कप छनोटको समूह ‘ए’ का बाँकी खेल चीनमा नगर्ने निर्णय गरेको छ।

यसअघि एएफसीले सेन्ट्रेल भेन्यूको रूपमा समूह ‘ए’ का खेल चीनमा गर्ने निर्णय  गरेको थियो।


Advertisement


तर कोरोना भाइरसका कारण लगाइएको भ्रमण प्रतिबन्धका लागि चीन पुग्नका समूहका टिमलाई कठिनाइ उत्पन्न भएको छ। जसका कारण एएफसीले छनोटका खेल चीनबाट अन्तै सार्ने सोमबार निर्णय गरेको हो। 

बाँकी खेल हुने स्थानको टुंगो छिट्टै लगाउने एएफसीको भनाइ छ। एएफसीले चाइनिज फुटबल एसोसिएसनसँग सम्पर्कमा रहेको बताउँदै नयाँ भेन्यूको निर्णय गर्ने जनाउको छ। 

समूहका खेल आगामी जुन १५ मा सक्ने उदेश्य रहेको एएफसीको भनाइ छ। 

समूह ‘ए’ को खेलमा चीनले आइतबार घरेलु मैदानमा भएको खेलेको थियो। उसले खेलमा गुआमलाई ७-० गोलले पराजित गरेको थियो।

समूहमा चीनसँगै सिरिया, फिलिपिन्स, माल्दिभ्स र गुआम छन्। 

चीन ५ खेलबाट १० अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। 

शीर्ष स्थानको सिरियाको ५ खेलबाट १५ अंक छ।

चीनले तीन खेलमा जित, एकमा हार र एक खेल बराबरी खेल्दा सिरियाले खेलका पाँचै खेलमा जित हात पारेको छ।

तेस्रो स्थानको फिलिपन्सको ५ खेलबाट ७ अंक छ भने चौथो स्थानको माल्दिभ्सको समान खेलबाट ६ अंक छ। पाँचौ स्थानको गुआमले भने अंक जोड्न सकेको छैन।

नेपालले पनि समूह ‘बी’ मा प्रतिस्पर्धा गरिरहेको छ। बाँकी तीन खेल खेल्न अहिले नेपाली टिम कुवेतमा छ। नेपालले कुवतेमा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेल्नेछ।

Copy link
Powered by Social Snap