२०८१ बैशाख १४

खेलकुद

अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिने नेपालका प्रशिक्षकको भनाइ

अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिने नेपालका प्रशिक्षकको भनाइ

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीलाई मौका दिने बताएका छन्।  फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले शुक्रबार राति अस्ट्रेलियासँग खेल्दैछ। खेल कुवेत सिटीमा राति ९:४५ बजे सुरू हुनेछ।  विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको अवस्था छ। Advertisement प्लेअफबाट एसियन कपको तेस्रो चरण पुग्न पर्ने अवस्थामा पुगेको नेपाली टिमका प्रशिक्षक अलमुताइरीले यसअघिका खेलमा मौका नपाएका युवा खेलाडीलाई अस्ट्रेलियाविरुद्धको खेलमा मौका दिने बताएका हुन्।  'यदि सबै राम्रो भएमा उनीहरुले खेल्नेछन्। अस्ट्रेलियाविरुद्धको खेल कठिन हुने मलाई थाहा छ। तर युवा खेलाडीलाई खेल्न मौका दिनु पर्ने कु...
पोर्चुगलको जितमा रोनाल्डो र फर्नान्डेजको गोल

पोर्चुगलको जितमा रोनाल्डो र फर्नान्डेजको गोल

खेलकुद
युरो २०२० अघि भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले सानदार जित हात पारेको छ। पोर्चुगलले बुधबार राति भएको खेलमा इजरायललाई ४-० गोलले पराजित गरेको हो।  Advertisement पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गरे। उनले खेलको ४२ मिनेटमा पहिलो गोल गर्दा दोस्रो हाफको इन्जुरी टाइममा अर्को गोल गरेका थिए।  यस्तै कप्तान क्रिस्टियानो रोनाल्डोले ४४ मिनेटमा टिमको अग्रता दोब्बर पारेका थिए। उनलाई गोल गर्न पनि फर्नान्डेजले नै पास दिएका थिए।  पोर्चुगलका लागि अर्को गोल खेलको ८६ मिनेटमा कान्सेलोले गरेका थिए।  पोर्चुगल युरो २०२० मा समूह 'एफ' मा छ। यो समूहमा पोर्चुगलसँगै जर्मनी, फ्रान्स र हंगेरी छन्। पोर्चुगलले युरोको पहिलो खेलमा आगामी मंगलबार हंगेरीसँग खेल्नेछ। ...
शुक्रबारदेखि युरो २०२०, थाहा पाउनुहोस् सम्पूर्ण जानकारी

शुक्रबारदेखि युरो २०२०, थाहा पाउनुहोस् सम्पूर्ण जानकारी

खेलकुद
युरो २०२० युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको १६औं संस्करण महादेशीय फुटबल प्रतियोगिता हो।  प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुँदैछ। सुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय थियो। तर कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्ष सारियो। प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ। एक वर्ष सारेर सन् २०२१ मा  प्रतियोगिता आयोजना गर्न लागिए पनि नाम 'युइएफए युरो २०२०' नै राखिएको छ। प्रतियोगिताको उद्‌घाटन खेल जुन ११ मा इटालीको रोममा हुँदैछ। उद्‌घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। पोर्चुगल युरो कपको साविक विजेता हो। सन् २०१६ मा उपाधि जित्ने क्रममा पोर्चुगलले फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो।  युरो कपमा पहिलो पटक भिएआर प्रयोग हुँदैछ। Advertisement कोरोना कारण युरो २०२०...
घरेलु टोली ब्राजिलले कोपा अमेरिका खेल्ने पक्का

घरेलु टोली ब्राजिलले कोपा अमेरिका खेल्ने पक्का

खेलकुद
काठमाडौं । ब्राजिलले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पक्का भएको छ । घरेलु भूमिमा आयोजना हुने प्रतियोगिताका लागि ब्राजिलले सहभागिता जनाउने पक्का भएको हो ।  Advertisement खेलाडीहरू प्रतियोगिताको विपक्षमा देखिएपछि कोपा अमेरिकामा ब्राजिलको सहभागिताको विषय अन्योलमा थियो । ब्राजिल फुटबल कन्फेडेरेसनका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले टिमले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने बताएका छन् ।   आयोजक राष्ट्र ब्राजिलका कप्तान कासिमिरोसहित अन्य देशका खेलाडीहरू कोपा आयोजनाको विरोधमा देखिएका छन् । यता, कार्यवाहक अध्यक्ष कार्लोसले प्रतियोगितामा टिमको सहभागिता रहने पुष्टि गरेका हुन् । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । ...
नेपाल जोर्डनसँग पराजित

नेपाल जोर्डनसँग पराजित

खेलकुद, देश
काठमाडौं । सन् २०२२ को विश्वकप छनोट र एसिया कप २०२३ को अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।  सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो । जावेर अल आहमद स्टेडियममा भएको खेलमा जोर्डनलाई जित दिलाउन बाहा फेजलले दुई गोल गरे । त्यस्तै एजान अल अरबले एक गोल गरे । खेलमा पहिलो हाफमा १–० गोलले पछि भएको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।  Advertisement जोर्डनका लागि खेलको २४ औं मिनेटमा बाहा फेजलले पेनाल्टीमार्फत गोल गर्दै जोर्डनलाई अग्रता दिलएका थिए । ४९ मा फेजलले गोल गर्दै जोर्डनको अग्रता दोब्बर बनाए । खेलको ६७ औँ मिनेटमा अल अरबले गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाएका थिए । नेपाल पहिलो लेगमा पनि ३–० गोलले पराजित भएको थियो ।  जितसँगै जोर्डनले समूह ‘बी’को दोस्रो स्थानमा आफूलाई स्थापित गर...
यस्तो छ जोर्डनविरुद्ध नेपालको सुरुवाती–११

यस्तो छ जोर्डनविरुद्ध नेपालको सुरुवाती–११

खेलकुद
काठमाडौं । नेपालले जोर्डनविरुद्ध डिफेन्सिभ सेट उतार्ने भएको छ । जोर्डनविरुद्धको खेलमा प्रमुख प्रशिक्षक अब्दुल्हा अल्मुताइरीले किरण कुमार राईको कप्तानीमा ४–३–३ को फर्मेसनमा टिम उतारेका छन् । Advertisement नेपाल र जोर्डानबीचको खेल नेपाली समय अनुसार ९ः४५ मा सुरु हुनेछ । आजको खेलमा सहज नतिजा निकाल्ने योजनामा रहेको छ ।  तुलनात्मक रूपमा नेपाल जोर्डानभन्दा कमजोर टोली हो । नेपाल आफ्नो पहिलो लेगमा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।  यस्तो छ नेपालको पहिलो ११ःगोलरक्षक : किरण चेमजोङडिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्यालमिडफिल्डर : पुजन उपकोटी, सन्तोष तामाङ, सुमन लामाफर्वार्ड : अभिषेक रिजाल, अन्जान विष्ट । ...
विश्वकप छनोट : ब्राजिलको लगातार पाँचौ जित

विश्वकप छनोट : ब्राजिलको लगातार पाँचौ जित

खेलकुद
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकन छनोटमा ब्राजिलको उत्कृष्ट प्रदर्शन जारी छ। लगातार पाँचौ खेलमा जित हात पार्ने क्रममा ब्राजिलले शनिबार विहान सकिएको खेलमा इक्वेइडरलाई २-० गोलले पराजित गर्‍यो। Advertisement ब्राजिलको जितमा रिचार्लीसनले खेलको ६५ मिनेटमा पहिलो गोल गरेका थिए। नेइमारले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गर्न सफल भए। दक्षिण अमेरिकन छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोड्न सफल भयो। दोस्रो स्थानको अर्जेन्टिनाको पाँच खेलबाट ११ अंक छ। अर्जेन्टिनाले तीन खेलमा जित निकाल्दा दुई खेलमा बराबरी खेलेको छ। तेस्रो स्थानको इक्वेइडरको ९ अंक छ। चौथो स्थानको पाराग्वे र पाँचौ स्थानको उरुग्वेको समान ७-७ अंक छ।   ...
एसियन कपको तेस्रो चरण पुग्न नेपालका लागि ताइपेईविरुद्धको खेल महत्वपूर्ण

एसियन कपको तेस्रो चरण पुग्न नेपालका लागि ताइपेईविरुद्धको खेल महत्वपूर्ण

खेलकुद
फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको छनोटका बाँकी तीन खेलको अन्तिम तयारी नेपालले कुवेत सिटीमा गरिरहेको छ।  कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेल्न लागेको नेपालको लक्ष्य एसियन कपको तेस्रो चरणमा सिधै पुग्ने रहेको छ। Advertisement समूह 'बी' को चौथो स्थानमा रहेको नेपालका लागि शीर्ष तीनमा पर्न कठिन छ।  १२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५-५ खेल खेल्दा समान १०-१० अंक जोडेका छन्। दुवै टिम अस्ट्रेलियासँग पराजित हुँदा एकअर्काविरुद्ध गोलरहित बराबरीमा रोकिएका थिए।  नेपाल ३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका पाँचै खेलमा हार बेहोरेकाले अं...
कोपा अमेरिका ब्राजिलमा हुने

कोपा अमेरिका ब्राजिलमा हुने

खेलकुद
यो वर्ष हुने तय ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता ब्राजिलमा हुने भएको छ।  दक्षिण अमेरिकी फुटबल महासंघले सोमबार ब्राजिलमा कोपा अमेरिका आयोजना गर्ने निर्णय गरेको हो। यस वर्षको कोपा अमेरिका आगामी १३ जुन देखि १० जुलाईसम्म हुने तय छ।  Advertisement यसअघि सन् २०१९ मा भएको  कोपा अमेरिका पनि ब्राजिलमै भएको थियो। त्यतिबेला ब्राजिलले फाइनलमा पेरूलाई पराजित गर्दै उपाधि जितेको थियो। अर्जेन्टिना तेस्रो र चिली चौथो बनेका थिए। यसअघि महासंघले अर्जेन्टिनामा हुने कोपा त्यहाँ नगर्ने निर्णय गरेको थियो। अर्जेन्टिनामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यहाँ कोपा अमेरिका नगर्ने महासंघको भनाइ थियो।  अर्जेन्टिनामा अहिले दैनीक ३४ हजार भन्दा बढीलाई कोरोना संक्रमण हुने गरेको छ। पछिल्लो १४ दिनमा कोरोना संक्रमण दर बढिरहेकाले कोपा अर्जेन्टिनाबाट स...
विश्वकप छनोट : समूह ‘ए’का खेल चीनमा नहुने

विश्वकप छनोट : समूह ‘ए’का खेल चीनमा नहुने

खेलकुद
एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप तथा एसियन कप छनोटको समूह ‘ए’ का बाँकी खेल चीनमा नगर्ने निर्णय गरेको छ। यसअघि एएफसीले सेन्ट्रेल भेन्यूको रूपमा समूह ‘ए’ का खेल चीनमा गर्ने निर्णय  गरेको थियो। Advertisement तर कोरोना भाइरसका कारण लगाइएको भ्रमण प्रतिबन्धका लागि चीन पुग्नका समूहका टिमलाई कठिनाइ उत्पन्न भएको छ। जसका कारण एएफसीले छनोटका खेल चीनबाट अन्तै सार्ने सोमबार निर्णय गरेको हो।  बाँकी खेल हुने स्थानको टुंगो छिट्टै लगाउने एएफसीको भनाइ छ। एएफसीले चाइनिज फुटबल एसोसिएसनसँग सम्पर्कमा रहेको बताउँदै नयाँ भेन्यूको निर्णय गर्ने जनाउको छ।  समूहका खेल आगामी जुन १५ मा सक्ने उदेश्य रहेको एएफसीको भनाइ छ।  समूह 'ए' को खेलमा चीनले आइतबार घरेलु मैदानमा भएको खेलेको थियो। उसले खेलमा गुआमलाई ७-० गोलले पराजित गरेको थियो। समूहमा चीनसँगै...