२०८३ असार १४

खेलकुद

युरोकपमा आज तीन खेल

युरोकपमा आज तीन खेल

खेलकुद
काठमाडौं । युरोकप फुटबल अन्तर्गत आज (सोमबार) विभिन्न तीन खेलहरु हुँदैछन् । १६ औं संस्करणको प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुने भएका हुन् । सोमबार समूह ‘डी’को एक खेल र समूह ‘ई’ को दुई खेल खेलहरु हुनेछन् । आज हुने पहिलो खेलमा स्कटल्यान्ड र चेक रिपब्लिक प्रतिस्पर्धा गर्नेछन् । दुई टोलीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । Advertisement दुबै टोली आजको खेलमा सहज जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा हुनेछन् । घरेलु टोली स्कटल्यान्ड आजको खेलमा जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा छ । यता, बलियो टिम चेक रिपब्लिक पनि स्कटल्यान्डलाई हराउँदै आफूलाई बलियो टोली प्रमाणित गर्ने योजनामा छ ।  आज नै हुने अर्काे खेलमा पोल्याण्ड र स्लोभाकिया खेल्नेछन् । समूह ‘ई’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै ट...
दुई सेटले पछि परेको स्थिति उल्टाउँदै जोकोभिचले जिते फ्रेञ्च ओपन

दुई सेटले पछि परेको स्थिति उल्टाउँदै जोकोभिचले जिते फ्रेञ्च ओपन

खेलकुद
नोभाक जोकोभिचले वर्षको फ्रेञ्च ओपन टेनिसअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्। सुरुवाती दुई सेट गुमाएको स्थिति उल्टाउँदै जोकोभिचले उपाधि जितेका हुन्।  Advertisement करिअरको १९औं ग्रान्डस्लाम जित्ने क्रममा उनले ग्रिसका स्टेफानोस सिसेपसलाई ३-२ ले पराजित गरे।  विश्व नम्बर एक सर्वियन टेनिस स्टार जोकोभिकले पहिलो दुई सेट ६-७ (६-८) र २-६ ले गुमाएका थिए।  त्यसपछिका तीन सेटमा जोकोभिचले ६-३, ६-४ र ६-४ को जित निकाल्दै उपाधि जिते।  जितसँगै जोकोभिच राफायल नाडाल र रोजर फेडेररले जितेको उपाधिसँग बराबरी गर्न एक उपाधि टाढा छन्। नाडाल र फेडेररले करिअरमा २०-२० उपाधि जितेका छन्। ...
युरो कपमा आज तीन खेल हुँदै

युरो कपमा आज तीन खेल हुँदै

खेलकुद
युइएफए युरो २०२० अन्तर्गत आज तीन खेल हुँदैछ।  पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। समूह 'डी' अन्तर्गतको खेल साँझ ६:४५ बजे लन्डनमा हुनेछ।  Advertisement युरो कपमा इंग्ल्यान्ड र क्रोएसियाबीच अहिलेसम्म तीन खेल भएको छ। जसमा क्रोएसिया २ खेलमा विजयी भएको छ भने इंग्ल्यान्डले १ खेलमा जित हात पारेको छ।  दोस्रो खेलमा राति अस्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ। समूह 'सी' अन्तर्गतको खेल रोमानियाको राजधानी बुचारेस्टमा राति ९:४५ बजे सुरू हुनेछ। म्यासेडोनिया पहिलो पटक युरो कपमा छनोट भएको हो। दुई देशबीच भएका दुई प्रतिस्पर्धामा दुवै खेलमा अस्ट्रिया विजयी भएको छ। समूह 'सी' कै अर्को खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुँदैछ। खेल आम्स्टर्डममा राति १२:४५ बजे सुरू हुनेछ। अघिल्लो युरो कप र विश्वकपमा छनोट हुन नसक...
युरो कपमा इटालीको विजयी सुरूवात

युरो कपमा इटालीको विजयी सुरूवात

खेलकुद
युरो २०२० मा इटालीले विजयी सुरूवात गरेको छ।  शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गर्‍यो।  Advertisement इटालीले आत्मघाती गोलको सहाराबाट खेलमा अग्रता लियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटमा टर्कीका डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए।  ६६ मिनेटमा इमोबिलले इटालीको अग्रता दोब्बर पारे।  ७९ मिनेटमा इनसाइनले अर्को गोल गरेपछि इटाली ३-० गोलले अघि बढेको  थियो। जितसँगै इटालीले समूह 'ए' मा तीन अंक जोडेको छ। युरो २०२० मा आज तीन खेल हुँदैछन्। समूह 'ए' को खेलमा राति पौते सात बजे वेल्स र स्विट्जरल्यान्ड, समूह 'बी' को खेलमा डेनमार्क र फिनल्यान्डबीच पौने दश बजे खेल हुनेछ।  यस्तै राति १२:४५ बजे समूह 'बी' को खेलमा बेल्जियम र रसियाबीच प्रतस्पर्धा हुँदैछ। ...
युरोकप फुटबल : इटालीको सुखद सुरुआत

युरोकप फुटबल : इटालीको सुखद सुरुआत

खेलकुद
काठमाडौं । इटालीले युरोकप फुटबलमा विजयी सुरुआत गरेको छ । रोमामा भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई हराएको हो । शुक्रबार राति भएको खेलमा इटालीले टर्कीलाई ३–० गोल अन्तरले पराजित हो । Advertisement ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक–एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गरेको हो । खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले अग्रता बनाएको थियो । ६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए । ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए । जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा छ । यता, टर्कीले हारबाट प्रतियोगितामा खराब...
युरो कपको विजेताले कति जित्छ नगद पुरस्कार?

युरो कपको विजेताले कति जित्छ नगद पुरस्कार?

खेलकुद
युरो २०२० फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ।  प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुँदैछ। शुक्रबार हुने उद्घाटन खेलमा इटाली र टर्कीबीच इटालीको रोममा प्रतिस्पर्धा हुँदैछ।  यसपटकको युरो कपको विजेताले १० मिलियन युरो (१ अर्ब ४२ करोड रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछ। Advertisement उपविजेतालाई ७ मिलियन युरो तथा सेमिफाइनल पुग्ने टिमलाई ५ मिलियन प्राप्त गर्नेछ। फाइनल पुग्ने टिमले सेमिफाइनलदेखि समूह चरणको पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।  क्वार्टरफाइनल पुग्ने टिमले ३.२६ मिलियन युरो प्राप्त गर्दा अन्तिम १६ मा पुग्ने टिमलाई २ मिलियन युरो प्रदान गरिनेछ।  समूह चरणमा जित हात पार्ने टिमले १.५ मिलियन युरो प्राप्त गर्नेछ बराबरी भएमा दुवै टिमलाई ७ लाख ५० हजार युरो प्रदान गरिनेछ। यस्तै युरो कपमा छनोट हुने टिमले ९.२५ मिलियन युर...
अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिने नेपालका प्रशिक्षकको भनाइ

अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिने नेपालका प्रशिक्षकको भनाइ

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीलाई मौका दिने बताएका छन्।  फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले शुक्रबार राति अस्ट्रेलियासँग खेल्दैछ। खेल कुवेत सिटीमा राति ९:४५ बजे सुरू हुनेछ।  विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको अवस्था छ। Advertisement प्लेअफबाट एसियन कपको तेस्रो चरण पुग्न पर्ने अवस्थामा पुगेको नेपाली टिमका प्रशिक्षक अलमुताइरीले यसअघिका खेलमा मौका नपाएका युवा खेलाडीलाई अस्ट्रेलियाविरुद्धको खेलमा मौका दिने बताएका हुन्।  'यदि सबै राम्रो भएमा उनीहरुले खेल्नेछन्। अस्ट्रेलियाविरुद्धको खेल कठिन हुने मलाई थाहा छ। तर युवा खेलाडीलाई खेल्न मौका दिनु पर्ने कु...
पोर्चुगलको जितमा रोनाल्डो र फर्नान्डेजको गोल

पोर्चुगलको जितमा रोनाल्डो र फर्नान्डेजको गोल

खेलकुद
युरो २०२० अघि भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले सानदार जित हात पारेको छ। पोर्चुगलले बुधबार राति भएको खेलमा इजरायललाई ४-० गोलले पराजित गरेको हो।  Advertisement पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गरे। उनले खेलको ४२ मिनेटमा पहिलो गोल गर्दा दोस्रो हाफको इन्जुरी टाइममा अर्को गोल गरेका थिए।  यस्तै कप्तान क्रिस्टियानो रोनाल्डोले ४४ मिनेटमा टिमको अग्रता दोब्बर पारेका थिए। उनलाई गोल गर्न पनि फर्नान्डेजले नै पास दिएका थिए।  पोर्चुगलका लागि अर्को गोल खेलको ८६ मिनेटमा कान्सेलोले गरेका थिए।  पोर्चुगल युरो २०२० मा समूह 'एफ' मा छ। यो समूहमा पोर्चुगलसँगै जर्मनी, फ्रान्स र हंगेरी छन्। पोर्चुगलले युरोको पहिलो खेलमा आगामी मंगलबार हंगेरीसँग खेल्नेछ। ...
शुक्रबारदेखि युरो २०२०, थाहा पाउनुहोस् सम्पूर्ण जानकारी

शुक्रबारदेखि युरो २०२०, थाहा पाउनुहोस् सम्पूर्ण जानकारी

खेलकुद
युरो २०२० युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको १६औं संस्करण महादेशीय फुटबल प्रतियोगिता हो।  प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुँदैछ। सुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय थियो। तर कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्ष सारियो। प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ। एक वर्ष सारेर सन् २०२१ मा  प्रतियोगिता आयोजना गर्न लागिए पनि नाम 'युइएफए युरो २०२०' नै राखिएको छ। प्रतियोगिताको उद्‌घाटन खेल जुन ११ मा इटालीको रोममा हुँदैछ। उद्‌घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। पोर्चुगल युरो कपको साविक विजेता हो। सन् २०१६ मा उपाधि जित्ने क्रममा पोर्चुगलले फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो।  युरो कपमा पहिलो पटक भिएआर प्रयोग हुँदैछ। Advertisement कोरोना कारण युरो २०२०...
घरेलु टोली ब्राजिलले कोपा अमेरिका खेल्ने पक्का

घरेलु टोली ब्राजिलले कोपा अमेरिका खेल्ने पक्का

खेलकुद
काठमाडौं । ब्राजिलले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पक्का भएको छ । घरेलु भूमिमा आयोजना हुने प्रतियोगिताका लागि ब्राजिलले सहभागिता जनाउने पक्का भएको हो ।  Advertisement खेलाडीहरू प्रतियोगिताको विपक्षमा देखिएपछि कोपा अमेरिकामा ब्राजिलको सहभागिताको विषय अन्योलमा थियो । ब्राजिल फुटबल कन्फेडेरेसनका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले टिमले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने बताएका छन् ।   आयोजक राष्ट्र ब्राजिलका कप्तान कासिमिरोसहित अन्य देशका खेलाडीहरू कोपा आयोजनाको विरोधमा देखिएका छन् । यता, कार्यवाहक अध्यक्ष कार्लोसले प्रतियोगितामा टिमको सहभागिता रहने पुष्टि गरेका हुन् । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । ...