२०८१ बैशाख ७

उमेदवारको अन्तिम नामावली बुधबार प्रकाशन गरिने 




काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनका लागि कुल ५ हजार ९ सय ६८ उमेदवारी दर्ता भएको छ । 



Advertisement



प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रका लागि हालसम्म २५ सय १३ जनाको उमेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए । 

त्यस्तै, प्रदेशसभातर्फ ३४ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । उमेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ  । 

उमेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो । मनोनयन दर्ता भएका कुनै पनि उमेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले जनाएको छ । 



उजुरी परेपछि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुने अर्यालले बताए । मंगलबार साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने सहायक प्रवक्ता अर्यालले जानकारी दिए । 

बुधबार १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । त्यही दिन (असोज २६) ३ बजेभित्र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम छ  ।
 

Copy link
Powered by Social Snap