२०८३ असार २२

राजनीति

कैलालीमा कांग्रेसले गर्‍याे ‘बागी’ उमेदवार शाहीलाई कारबाही

कैलालीमा कांग्रेसले गर्‍याे ‘बागी’ उमेदवार शाहीलाई कारबाही

राजनीति
कांग्रेसकाे कारबाहीमा परेका स्वतन्त्र उमेदवार भरतबहादुर शाही । धनगढी । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर २ प्रदेश क्षेत्र ‘ख’का ‘बागी’ उमेदवारलाई कारबाही गरेकाे छ ।  कांग्रेसले स्वतन्त्र उमेदवारी दिएका भरतबहादुर शाही र उनका प्रस्तावक तथा समर्थकलाई कारबाही गरेकाे हाे । शाहीसहित उनका प्रस्तावक कमल सन्ज्याल र समर्थक प्रेम कुमार विकलाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको कैलाली २ प्रदेश क्षेत्र ‘ख’का सभापति तेजप्रताप मल्लले जानकारी दिए । आगामी मंसिर ४ गते हुने आम निवाचनमा पार्टीको आधिकारिक निर्णय तथा गठबन्धनविरुद्ध ‘बागी’ उमेदवारी दिएका शाहीले पार्टीले उमेदवारी फिर्ता लिन अनुरोध गर्दा पनि नलिएपछि कारबाहीमा परेकाे नेपाली कांग्रेस कैलालीले जनाएको छ । कांग्रेस प्रदेश क्षेत्र ‘ख’ कैलालीका सभापति तेजप्रताप मल्लले जारी...
उमेदवारी खारेजीविरुद्ध विष्णु पौडेलका प्रतिस्पर्धी राजु गुरुङ सर्वोच्चमा

उमेदवारी खारेजीविरुद्ध विष्णु पौडेलका प्रतिस्पर्धी राजु गुरुङ सर्वोच्चमा

राजनीति
काठमाडौं । नेकपा (एमाले)का उमेदवार विष्णु पौडेलविरुद्ध रूपन्देही–२ मा उठेका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङ उमेदवारी बदरविरुद्ध सर्वोच्चमा रिट लिएर पुगेका छन् । गुरुङको उमेदवारी फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधार देखाएर बदर गरिएको थियो । उनले निर्वाचन आयोगमा उमेदवारी बदरविरुद्ध उजुरी पनि गरेका थिए । आयोगले बदरको निर्णय सदर गरेपछि उनी आयोगविरुद्ध सर्वोच्चमा रिट लिएर पुगेका हुन् ।   गुरुङलाई ०७८ पुस १२ मा चेक अनादरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सजाय भएको थियो । ...
गृहमन्त्री खाँणसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

गृहमन्त्री खाँणसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

राजनीति
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाणसँग बिदाइ भेट गरेकी छन् । कार्यकाल सकेर स्वदेश फर्कन लागेकी राजदूत यान्छीले बिहीबार गृह मन्त्रालयमा मन्त्री खाणसँग बिदाइ भेट गरेकी हुन् ।  गृहमन्त्रीको सचिवालयका अनुसार खाँणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको भन्दै नेपालको एक चीनन नीतिमा ढुक्क रहन आग्रह गरेका छन् ।  “नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ । नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ,” गृहमन्त्रीको सचिवालयले मन्त्री खाँणको भनाइ उद्धृत गर्दै भनेको छ, “छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा नेपाल सरकार संवेदनशील छ ।” भेटमा खाँणले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताएको सचिवालयले जनाएको छ ।  “गृहमन्त...
आचारसंहिता उल्लंघन गरेको भन्दै दाहाललाई आयोगले सोध्यो स्पष्टीकरण

आचारसंहिता उल्लंघन गरेको भन्दै दाहाललाई आयोगले सोध्यो स्पष्टीकरण

राजनीति
काठमाडौँ — निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो । उनलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ । आयोगले उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृष्यको आधारमा दाहालसँग स्पष्टीकरण सोधेको हो । ...
धनुषामा ६ जनाले लिए उमेदवारी फिर्ता

धनुषामा ६ जनाले लिए उमेदवारी फिर्ता

राजनीति
जनकपुरधाम । धनुषामा ६ जनाले उमेदवारी फिर्ता लिएका छन् । बुधबार निर्वाचन कार्यालयमा लिखित रूपमा पत्र बुझाएर उनीहरूले उमेदवारी फिर्ता लिएका हुन् ।  धनुषा क्षेत्र नम्बर १ को ‘ख’ मा बागी उमेदवारी दिएका कांग्रेसका लक्ष्मीनारायण मण्डल केवटले फिर्ता लिएका छन् । यहाँ पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रबाट मातृकाप्रसाद यादव, प्रदेशसभाको ‘क’ मा नेपाली कांग्रेसका सञ्जय कुमार महतो र ‘ख’मा लोसपाका संजय कुमार सिंह उमेदवार छन् । एमाले र जसपा गठबन्धनबाट जसपाका दीपक कार्की प्रतिनिधिसभाको साझा उमेदवार छन् । यस्तै, सोही क्षेत्रको प्रदेशसभा ‘ख’बाट पनि दुई जना स्वतन्त्र उमेदवारले उमेदवारी फिर्ता लिएका छन् । नेत्रदीप लामा र आन्नद मण्डलले स्वतन्त्र उमेदवारी दर्ता गराएका थिए । तर, बुधबार दुवै जनाले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम खरेलले जानकारी दिए ।...
एमालेका यी नेताले लिए उमेदवारी फिर्ता, नवलपरासी पश्चिममा हृदयेश त्रिपाठीलाई समर्थन

एमालेका यी नेताले लिए उमेदवारी फिर्ता, नवलपरासी पश्चिममा हृदयेश त्रिपाठीलाई समर्थन

राजनीति
काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधिसभा र प्रदेशसभामा उमेदवारी दिएका चारजनाले उमेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर ३ मा एमालेबाट उमेदवारी दिएका रामप्रसाद न्यौपानेले उमेदवारी फिर्ता लिए । त्यसैगरी नवलपरासी पश्चिम २ मा सिन्धु जलेसा बुढाथोकीले उमेदवारी फिर्ता लिएकी छन् । डडेलधुरा चक्र स्नेहीले पनि उमेदवारी फिर्ता लिए ।  प्रदेशतर्फ धादिङ २ को 'ख'मा उमेदवारी दिएका धनबहादुर घलेले उमेदवारी फिर्ता लिएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।  उमेदवारी फिर्ता लिए चितवन–१ मा कांग्रेसबाट वागी उमेदवारी दिएका दिनेश कोइरालालाई सहयोग गर्ने भएको छ ।  डडेल्धुरामा कांग्रेस बीपीका कर्ण मल्ल र नवलपरासी पश्चिममा जनता प्रगतिशील अध्यक्ष हृदयेश त्रिपाठीलाई एमालेले सहयोग गर्ने उनले बताए ।  त्यस्तै, धादिङ २ को २ मा एमाल...
अमेरश र दुवेदीले पाए माछा, प्रभुलाई चापाकल

अमेरश र दुवेदीले पाए माछा, प्रभुलाई चापाकल

राजनीति
जनकपुरधाम । कांग्रेसले टिकट नदिएपछि सर्लाही ४ बाट स्वतन्त्र उमेदवारी दिएका अमरेश सिंहले चुनाव चिह्न 'माछा' पाएका छन् । बुधबार निर्वाचन आयोगले उनलाई 'माछा' चुनाव चिह्न दिएको हो । कांग्रेसले सर्लाही ४ बाट नागेन्द्र रायलाई उमेदवार बनाएको छ । पर्सा निर्वाचन क्षेत्र १ बाट पनि कांग्रेसका नेता अजय दुवेदीले स्वतन्त्र उमेदवारी दिएका छन् । उनले पनि माछा चुनाव चिह्न नै पाएका छन् । यहाँ पाँच दलीय गठबन्धनबाट लोसपाका लक्ष्मण लाल कर्ण उमेदवार छन् । यस्तै, रौतहट निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र रूपमा उ‍मेदवारी दिएका प्रभु साहले चापाकल चुनाव चिह्न पाएका छन् । उनले एमालेबाट उमेदवारी नदिएर प्यानलसहित स्वतन्त्र उमेदवारी दिएका छन् । ...
उमेदवारी फिर्ता नलिने ‘बागी’सहित प्रस्तावक र समर्थक कांग्रेसबाट ५ वर्षका लागि निष्कासित

उमेदवारी फिर्ता नलिने ‘बागी’सहित प्रस्तावक र समर्थक कांग्रेसबाट ५ वर्षका लागि निष्कासित

राजनीति
काठमाडौं । नेपालीक कांग्रेसले गठबन्धनविरुद्ध 'बागी' उमेदवारी दिएका पार्टीका नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ । पार्टीको निर्देशनविपरीत उमेदवारी फिर्ता नलिएका उमेदवार र उनीहरूका प्रस्तावक र समर्थकलाई कांग्रेसले कारबाही गरेको हो ।  उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मंगलबार कांग्रेसले गठबन्धनविरुद्ध उमेदवारी दिएकाहरूलाई बुधबार दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिने दिएको थियो । अन्यथा कारबाही हुने चेतावनी पनि दिइएको थियो ।  ...
प्रचण्डविरुद्ध उठेकी कांग्रेस नेतृ माधवी भट्टको उमेदवारी फिर्ता

प्रचण्डविरुद्ध उठेकी कांग्रेस नेतृ माधवी भट्टको उमेदवारी फिर्ता

राजनीति
पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध बागी उमेदवारी दिएकी कांग्रेस नेतृ माधवी भट्टले उमेदवारी फिर्ता लिएकी छन् ।  सत्ता गठबन्धनका तर्फबाट प्रचण्डले गोरखा २ बाट निर्वाचन लड्दैछन् । उनीविरुद्ध भट्टले स्वतन्त्र उमेदवारी दर्ता गराएकी थिइन् ।  पार्टीको निर्देशनमा उनले आज वारेसमार्फत उमेदवारी फिर्ता लिएकी हुन् । उनले श्रीमान्मार्फत उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिए । ...
आरजुको अभिव्यक्ति– बालुवाटार डडेलधुराका लागि ‘खुल्जा सिम सिम’ जस्तै हो 

आरजुको अभिव्यक्ति– बालुवाटार डडेलधुराका लागि ‘खुल्जा सिम सिम’ जस्तै हो 

राजनीति
काठमाडौं । प्रधानमन्त्री पत्नीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले डडेलधुराका लागि प्रधानमन्त्री कार्यालय ‘खुल्जा सिमसिम’ जस्तै भएको बताएकी छन् । उनले डडेलधुराबासीले जति कसैले पनि बालुवाटारमा एक्सेस नपाउने भन्दै काठमाडौंका व्यक्तिले भन्दा डडेलधुराबासीले प्रधानमन्त्रीलाई भेट्न पाउने बताएकी छन् । आइतबार शेरबहादुर देउवाको उमेदवारी दर्तापछि उनले यस्तो बताएकी हुन् । “डडेलधुराको मान्छेले जति बालुवाटारमा एक्सेस कसैले पाउँदैनन् । डडेलधुरा भनेको म्याजिक वर्डजस्तै हो, खुल्जा सिमसिम भनेजस्तै ...,” उनको भनाइ छ, “म डडेलधुराको हो भनेपछि बालुटाटारभित्र जान पाउँछन् । काठमाडौंकाले भन्दा डडेलधुराका गाउँ गाउँका वडा वडाका व्यक्तिहरुले भेट्न पाएका छन् ।” उनले अहिले प्रधानमन्त्रीले पार्टी, देश र गठबन्धन चलाउनुपर्दा उमेदवारी दर्ताका लागि आउन नभ्याएको बताएकी थिइ...