२०८१ बैशाख २०

गण्डकीका कानुनमन्त्री थापाले सरकारी गाडी फिर्ता गरे




पोखरा । आसन्न प्रदेशसभाको उमेदवार बनेका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारी गाडी फिर्ता गरेका छन् ।



Advertisement



मन्त्री बनेपछि सरकारले थापालाई सवारी सुविधा उपलब्ध गराएको थियो । तर, चुनावमा कास्की २ (ख) बाट कांग्रेसले टिकट दिएपछि थापाले उमेदवारी दर्ताको भोलिपल्ट आफूले प्रयोग गर्दै आएको सवारी फिर्ता गरेका हुन् ।

सरकारी सवारी लिएर चुनाव प्रचारप्रसार लगायतका काममा प्रयोग गर्न नहुने भन्दै उनले चुनाव अवधिभर निजी सवारी प्रयोग गर्ने बताएका छन् ।



थापाले यसअगाडि नै आफ्नो पाँचवर्षे कार्यकालमा प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको विवरण सार्वजनिक गरेका थिए ।

जनताको करबाट आर्जेको सरकारी सम्पतिको दुरुपयोग नहोस् भन्नेमा आफू सचेत रहेको र भविष्यमा पनि दुरुपयोग नगर्ने उनको प्रतिबद्धता छ ।

कास्की २ (ख) बाट उनीसँगै अर्का मन्त्री कुमार खड्का पनि टिकटका आकांक्षी थिए । तर, अन्तिममा पार्टीले थापालाई टिकट दिएको हो ।

Copy link
Powered by Social Snap