२०८१ बैशाख ८

उमेदवारी फिर्ता नलिने ‘बागी’सहित प्रस्तावक र समर्थक कांग्रेसबाट ५ वर्षका लागि निष्कासित




काठमाडौं । नेपालीक कांग्रेसले गठबन्धनविरुद्ध ‘बागी’ उमेदवारी दिएका पार्टीका नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ । पार्टीको निर्देशनविपरीत उमेदवारी फिर्ता नलिएका उमेदवार र उनीहरूका प्रस्तावक र समर्थकलाई कांग्रेसले कारबाही गरेको हो । 



Advertisement



उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



मंगलबार कांग्रेसले गठबन्धनविरुद्ध उमेदवारी दिएकाहरूलाई बुधबार दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिने दिएको थियो । अन्यथा कारबाही हुने चेतावनी पनि दिइएको थियो । 

Copy link
Powered by Social Snap